Sunday 19th May 2024

    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै    समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ : समाजसेवी अनिला कायस्थ    ६ देशका विश्व कविसहित नेपालका ओझा बने भानुसिंह साहित्य पुरस्कारको विजेता

मलाई जन्म दिएकोमा मेरो बाबु आमाप्रति ऋणी छु र गुणस्तरीय शिक्षा दिएकोमा मेरो गुरुप्रति ऋणी छु – गणेश दत्त पाैड्याल

Sunday, July 5, 2020 National Power

 

               लेखक :गणेश दत्त पाैड्याल

द्वापर युगमा महर्षि पराशर र वसुकन्या सत्यावतीको कोखबाट आषाढ शुक्ल पूर्णिमाको दिन तनहुँको दमौलीमा व्यासको अवतार(जन्म) भयो । यस दिनलाई गुरु पूर्णिमा भनिन्छ । व्यासले पुराणको रचना गरेर तमाम मानव उद्दारको लागि आध्यात्मिक ज्ञान दिनु भयो । गुरुकुल शिक्षा देखि वर्तमान अवस्थासम्म जसले अज्ञानी, नजानेको, नबुझेको व्यक्तिलाई आध्यात्मिक र भौतिक ज्ञान, सिप सिकाउने व्यक्तिलाई गुरु वा शिक्षक भनिन्छ । उदाहरणको लागि ज्ञानले अज्ञानतालाई हटाएर रत्नाकर जस्ता कुख्यात डाँकु पछि वाल्मिकी ऋषि बन्न पुगे ।

अभिभावकले एउटा अबोध वालवालिका विद्यालयमा लगेर शिक्षकलाई जिम्मा लगाउँछन् । शिक्षकले दिन–प्रतिदिन फकाई फुल्याइँ सम्झाई बुझाई रमाइलो वातावरणमा ज्ञान सिप सिकाएर व्यक्तित्वको विकास र राष्ट्रको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्दछन् । देशको लागि आवश्यक राष्ट्रपती, प्रधानमन्त्री, डाक्टर, इन्जिनियर, शिक्षक लगायतका सबै खालका जनशक्ति शिक्षकले नै तयार गरेको हुन्छ । दार्शनिक फ्रेडरिक अगस्त फ्रोवेलको शैक्षिक धारणा Kindergarten अनुसार वालवालिका भनेको एउटा विरुवा हो, शिक्षक वा गुरु भनेको विरुवाको सेवा गर्ने माली हो । त्यही मालीले विरुवाको मल, पानी गरेर गोडमेल हेरचाह गरेपछि त्यस विरुवाले फल दिन थाल्छ । फल दिन थालेपछि मालीलाई बिर्सन्छ । एउटा डुँगा खियाउनेले यात्राको क्रममा नदी तारि दिनाले नै यात्रुले निश्चित स्थानमा पुगेर उद्देश्य पुरा गर्दछन् तर डुँगा खियाउने नदीको किनारमा नै रहन्छन् । एउटा गाडी चालकले यात्रा सफल बनाएको कुरा बिर्सन्छ । त्यस्तै आफूलाई आध्यात्मिक र भौतिक ज्ञान, सिप सिकाएर महान बनाइदिने गुरुलाई पनि बिर्सन्छ । गुरु पहिलेकै अवस्थामा रहेको हुन्छ । ज्ञान दिने गुरुमा भौतिक, आर्थिक केही परिवर्तन नभएको भएर होला आफ्नो गुरु भन्न समेत लजाउँछन् र हेयको दृष्टिले हेर्दछन् ।

“गुरु विना ज्ञानो नभवती” गुरु विना कुनै पनि औपचारिक होस् या अनौपचारिक सिकाइ सम्भव हुँदैन । पूर्वेली दर्शनअनुसार गुरुलाई यसरी भनिएको छ – “गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर, गुरु साक्षात् परब्रह्मा तस्मै श्री गुरुभ्यो नमः ।”गुरु नै ब्रह्मा विष्णु महेश्वर हुन् । गुरु नै परब्रह्मा परमात्मा हुन् । गुरुले अज्ञानीलाई ज्ञान सिप सिकाएर व्यक्तित्को विकास गराई राष्ट्रको विकासमा सहयोग पु¥याउने गुरुलाई स्मरण गराउने दिन भनेको गुरु पूर्णिमा हो ।

वालवालिकाको पहिलो पाठशाला घर हो भने दोस्रो पाठशाला विद्यालय हो । वालवालिकाहरु विद्यालय भर्ना भएर २० औं वर्षसम्म विद्यालय तथा महाविद्यालयमा लामो समयसम्म गुरुको संसर्गमा विताइरहेका हुन्छन् । वालविकासमा प्रभाव पार्ने तत्व भनेको नै आमा–बुबा र शिक्षक हुन् । आमा–बुबाले घरमा खानपिन, बोली–व्यवहार, रोगको उपचारमा आर्थिक सहयोग गरेको हुन्छन भने विद्यालयमा गुरुले वालवालिकाको मनको भाव बुझेर सिकाई सिकाएर वालवालिकाको सर्वाङ्गिण विकासमा सहयोग पु¥याएको हुन्छन् ।

त्यस्तै Alexander the Great ले यसरी भन्नु भएको छ – “मलाई जन्म दिएकोमा म मेरो बाबु आमाप्रति ऋणी छु तर राम्रो जीवन निर्वाहका लागि गुणस्तरीय शिक्षा दिएकोमा म मेरो गुरुप्रति ऋणी छु ।” विकसित देशमा शिक्षक वा गुरु भन्ने वित्तिकै ज्ञान, सिप दिने गुरु भनेर आदरार्थी शब्द प्रयोग गरेर झुक्दछन् । विकासोन्मुख देश नेपालको सन्दर्भमा भन्नुपर्दा शैक्षिक चेतनाको विकास नभएर होला शिक्षण पेशालाई तल्लो स्तरको पेशाको रुपमा लिइन्छ । धर्मशास्त्रमा पनि पढ्नु र पढाउनुलाई राम्रो पेशाको रुपमा लिइन्छ । अल्पविकसित देश नेपालको सन्दर्भमा भन्नुपर्दा लामो समयसम्म निरंकुश शासन व्यवस्था रहेको र सामन्ती संस्कारको प्रभावले होला शैक्षिक चेतनाको विकास नभएको कारणले शिक्षण पेशालाई तल्लो स्तरको पेशाका रुपमा हेर्ने सामन्ती संस्कारको छाप परेको देखिन्छ ।

शिक्षक वा गुरुलाई आफूले पढाएको वालवालिकाको शैक्षिक गुणस्तर वृद्धि भई उन्नति प्रगतिको चौतर्फी विकास भएकोमा खुसी मान्छन् । आफूले पढाएको वालवालिकाको उन्नति प्रगति नभएको पाइएमा दुःख मान्छन् । विद्यालयमा अध्ययनरत वालवालिकाहरु तीन समूहमा विभाजन भएका हुन्छन् । पहिलो समूहको वालवालिकाहरुको संख्या थोरै हुन्छन् । उनीहरुले राम्रो ग्रेड (अंक) ल्याई उत्तीर्ण हुन्छन् र देशलाई आवश्यक दक्ष जनशक्ति पहिलो समूहले पूरा गर्दछन् । दोस्रो समूहका वालवालिका मेहनत गरेर पहिलो समूहमा पुग्दछन् भने मेहनत नगरे तेस्रो समूहमा पुग्दछन् । दोस्रो मध्यम समूहमा धेरै हुन्छन् । तेस्रो समूहका वालवालिका पढ्नमा कमजोर हुन्छन् । जति पढ्दा पनि सम्झन नसक्ने र पढाएका कुरा छिट्टै बिर्सने हुन्छन् । तेस्रो स्तरका वालवालिकाई तिमी भविष्यमा के बन्दछौ बाबु ? भनेर सोध्दा म डन बन्छु भनेर जवाफ दिन्छन् । तेस्रो स्तरका वालवालिकाले यस्तो विचार पोख्छ – यो देश डनले चलाएको हुन्छ । डन बन्न पाइयो भने हरेक विकासका योजना, ठेक्का निर्माण कार्यको राम्रो कमिशन आउँछ । भोली पार्टीको टिकट त्यस्तै व्यक्तिले पाउँछ । जनताले पनि भोट शिक्षित इमान्दारी सज्जनलाई भन्दा त्यस्तै डनहरुको गुलिया कुराहरुमा मत दिई विजयी गराउँछन् ।

हिजोको तेस्रो स्तरका वालवालिका डन भई उनीहरुको सम्मान सत्कार हुन्छ । तेस्रो स्तरका वालवालिकाहरुको कुरा सुन्दा होइन भन्न पनि सकिन्न । नेपालको संविधानमा राष्ट्रपती, प्रधानमन्त्री, मन्त्रीहरु , विधायिकाका सभासद, प्रदेश सरकार, स्थानीय सरकार हुन विगत देखि वर्तमानसम्म शैक्षिक योग्यता निर्धारण गरिएको छैन । हिजोको तेस्रो स्तरका वालवालिकाहरुले विधायक, सभासद भई राज्यसत्ता संचालन गरिरहेको हुन्छन् । नपढेको विधायक सभासद माननीयहरुले गुरु वा शिक्षक, कर्मचारी लगायतका शिक्षित बौद्धिक वृत्तलाई शासन गरीरहेका हुन्छन् । त्यो नै राजनीति रहेछ । नपढेका अशिक्षित निर्वाचित पदाधिकारीहरुलाई बुद्धिजिवी विज्ञ भनेर सामुदायिक विद्यालय वा सार्वजनिक समारोहमा सम्मान सत्कार जयजयकार गरी स्वस्ती गरेको देखेपछि किन पढ्थ्यो । दोस्रो र तेस्रो स्तरका वालवालिका वालवालिकाका अभिभावकले यो कुरा बुझ्न जरुरी छ ।

सामुदायिक विद्यालमा पढाइको स्तर खस्कियो भनेर हिलो छ्यापाछ्याप गर्नु भन्दा पढाइको स्तर खस्कनुमा धेरै कारण छ । सामुदायिक विद्यालय राजनीतिक पार्टीहरुले राजनीतिक भाषण गराउने स्थान हो । राजनीतिक भजनलाई समर्थन गर्न सकेमा शिक्षकहरुले पढाइरहनु पर्दैन । त्यहीे भजनको समर्थन गर्ने गुरुहरुको मात्र सम्मान हुन्छ । आफ्नो कर्तव्य निष्ठा पालन गरेर लगनशील भई शिक्षण गर्ने गुरुहरुलाई कसले देख्छ ? शिक्षित युवाहरुमा यही कुराले राजनीतिप्रति वितृष्णा पैदा भएको छ । राजनीति गर्ने र उच्च ओहदामा पुग्ने भनेको हिजोको तेस्रो स्तरका कमजोर वालवालिकाहरु नै हो भन्ने ठम्याई रहेको छ । यस्तै हो भने देश कहिले उभो लाग्ला ?