Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

लसुनको चियाले गर्नुहोस् दिनको सुरुवात, क्यान्सर, मुटुरोगजस्ता समस्याबाट जोगाउँछ

Sunday, June 24, 2018 National Power

लसुनमा एन्टिबायोटिक तत्व भरपुर मात्रामा पाइन्छ जसले शरिरमा रोगप्रतिरोधी क्षमताको विकास गर्दछ । लसुनलाई तरकारीमा हालेर खानुका साथै यसको चिया पनि बनाउन सकिन्छ । यसमा एन्टिबायोटिक र एन्टिअक्सिडेन्ट गुण भएका कारण यसको चियाले शरिरलाई निकै फाइदा पुर्याउँछ । यसले मुटुरोग र क्यान्सरका साथै विभिन्न रोगबाट जोगाउँछ ।

लसुनको चिया पिउनुका फाइदा यस्ताः

मोटोपना कम गर्छः

यसले शरिरमा भएको टक्सिन बाहिर निकाल्न सहयोग गर्दछ जसका कारण शरिरमा अतिरिक्त बोसो जम्मा हुन दिँदैन । फलस्वरुप, तौल नियन्त्रणमा रहन्छ ।

रुघा–खोकीबाट राहतः

यसले एन्टिबायोटिकको रुपमा काम गर्छ । त्यसकारण यसले रुघा–खोकीजस्ता रोगको खतरालाई कम गर्छ ।

दाँत दुखाईमा राहतः

लसुनमा एन्टि ब्याक्टेरियल तत्व हुन्छ त्यसकारण दाँतमा पीडा हुँदा लसुनको पेष्ट लगाइन्छ । यस्तो अवस्थामा यदि लसुनको चिया खानुहुन्छ भने तपाईंलाई दाँत सम्बन्धि समस्या हुँदैन ।

प्रतिरोधी क्षमतामा वृद्धिः

यसले शरिरमा टी–सेल्स, फेगोसाइट्स, लिन्फोसाइट्स आदि तत्व पाइन्छ जसले रोग प्रतिरोधी क्षमता वृद्धि गराउन सहयोग गर्दछ ।

मुटुरोग लाग्नबाट जोगाउँछः

यसले शरिरको उचित रक्तसंचारमा सघाउ पुर्याउँछ जसका कारण कोलेस्ट्रोल कम हुन्छ । त्यसैले यसको सेवनले मुटुरोगको सम्भावना निकै कम हुन्छ ।

छाला स्वस्थ रहन्छः

यसमा भिटामिन ए, बीवान, बीटु र सी अत्यधिक मात्रामा पाइन्छ जसले छालालाइ स्वस्थ राख्न सहयोग गर्दछ ।

क्यान्सरबाट जोगाउँछः

लसुन राम्रो एन्टिअक्सिडेन्ट हो जसले फ्रि रेडिकल बन्न रोक्छ । यसले क्यान्सरको सम्भावना कम हुन्छ ।

पाचन तन्त्र बलियो बनाउँछः

लसुनमा पाइने ‘एलायसिन’ नामको तत्वले पेट सम्बन्धि समस्यालाई समाप्त गरेर पाचनतन्त्रलाई बलियो बनाउँछ ।

कसरी बनाउने लसुनको चिया ?

सामग्रीः

लसुन

एक ग्लास पानी

एक चिम्टी काटेको अदुवा

एक चम्चा कागतीको रस

एक चम्चा मह

कसरी बनाउने ?

सबैभन्दा पहिले पानीलाई उमाल्नुहोस् त्यसपछि काटेको अदुवा र लसुनलाई पिनेर हाल्नुहोस् ।

यसलाई १५ देखि २० मिनेटसम्म उमाल्नुहोस् । त्यसपछि ग्यास बन्द गरेर १० मिनेटसम्म सेलाउन दिनुहोस् ।

अब यो पानीलाई छान्नुहोस् र एक चम्चा कागतीको रसलाई एक चम्चा मह मिसाएर पिउनुहोस् ।

कहिले पिउने ?

यसलाई बिहान खाली पेटमा पिउनुहोस् ।