Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु

Thursday, April 13, 2017 National Power

३१ चैत, रौतहट – रौतहटका गोनाहीदेवाही गाउँपालिका ४ कर्कच करमहीया टोलमा बुधबार राति दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लक्ष्मण माझी रहेका छन् । मृतक माझी र स्थानीय ब्रह्मदेव माझीबीच आपसी विवादका कारण झडप भएको थियो । झडपकै क्रममा ब्रह्मदेवको लाठी प्रहारबाट लक्ष्मणको टाउकोमा गम्भीर चोट लागेको थियो । गरुडास्थित हेल्थ ल्यान्ड अस्पलालमा उपचारको क्रममा लक्ष्मणको मृत्यु भएको हो । माझीको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।
प्रहरीले घटनामा संलग्न ब्रह्मदेव, शम्भु माझी र बिक्रम माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताए ।