Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष कार्की सम्मानित

Saturday, December 21, 2024 Devil Singh Rajput

काठमाण्डौं । न्युजलाईन्स मिडियाको ९ औ बार्षिकोत्सव समारोहमाझ पर्यटन व्यवसायी हरेराम रोहित कार्की सम्मानित भएका छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रथम उपराष्ट्रपति झाले सम्मानपत्र प्रदान गरेका हुन् ।

युवा पर्यटन व्यवसायी कार्की होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष हुन् । सामाजिक कार्यमा समेत सक्रिय रही विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएका कार्की निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् । जो पर्यटन व्यवसायको क्षेत्रमा प्रखर वक्ता, समाजसेवी साथै खेलकुद अभियन्ताका रुपमा पनि चिरपरिचित छन्। लामो समय पर्यटन, खेलकुद प्रवद्धर्न, विकास, सामाजिक सेवा र आर्थिक समृद्धिको क्षेत्रमा काम गरेका सरल स्वभावका रोहित कार्की विभिन्न संघसंस्थामा आवद्ध छन् । त्यसो त कार्कीले सरकारी तथा अन्य निकायका लागि पर्यटन तथा अन्य क्षेत्रसँग संबन्धित रहि मेघा ईभेण्टहरुको सफलतापूर्वक आयोजना गर्दै आएका छन् ।

त्यस्तै, न्युजलाईन्स मिडियाको ९ औ बार्षिकोत्सव समारोहमाझ उनीसँगै पर्यटन व्यवसायीहरू नानुकाजी अर्याल, खुसी गुरुङ, कृष्ण बस्याल र नृत्य निर्देशक प्रमिला रिजाल, समाजसेवामा योगदान दिने लाईन्स राजेशदास हिमालय, प्रेम पुरी, र कुमारी बाठा मगर पनि सम्मानित भएका छन् ।

सो अवसरमा संचार क्षेत्रबाट राज्यदैनिकका अध्यक्ष एवं कार्यकारी सम्पादक तथा सचेतना कार्यक्रम नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता एवं निर्देशक सरोज ओझा, कर्पोरेट खबरका अध्यक्ष एवं संस्थापक सम्पादक उज्ज्वल जंग शाह, दैनिकी डटकमका प्रधान सम्पादक माधव तिवारी, रातोपाटीका समाचार सम्पादक राजकुमार सिग्देल, सञ्चारकर्मी डिबी पराजुली, राष्ट्रिय समाचार समितिका कृष्णराज गौतम, एक्येबद्धता मासिककी सम्पादक मिना तिवारी घिमिरे, रेड मिडियाकी संचालक विष्णुमाया पौडेल र हिमालय टाइम्स दैनिकका बजार व्यवस्थापन प्रमुख रविन्द्र बाराही सम्मानित भए।

न्युज लाईन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजकत्व तथा मिडियाकी प्रबन्ध निर्देशक रिता ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, बरिष्ठ पत्रकार निलकण्ठ तिवारी, समाजसेवी रामप्रसाद न्यौपाने, सोफा उत्पादक संघका केन्द्रीय अध्यक्ष तारालाल धरेल, काठमाडौँ उद्योग वाणिज्य संघकी सचिव सुष्मा महरा, लगायतका महानुभावहरु विशिष्ठ अतिथिका रुपमा कार्यक्रममा उपस्थित थिए ।