Tuesday 7th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

बस र ट्रक एक आपसमा ठोक्कीदा १२ जनाको मृत्यु ,केही घाइते

Thursday, March 30, 2017 National Power

१७ चैत, होस्टन – बुधबार अमेरिकाको टेक्सास प्रदेशमा चर्च बस र ट्रक एक आपसमा ठोक्कीदा १२ जनाको मृत्यु भएको छ भने केही घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

टेक्सासको मध्यभागमा पर्ने सान एण्टोनियोदेखि १२० किलोमिटर पश्चिम तर्फ दुर्घटना भएको थियो ,न्यु ब्रुन्फेल्सको फस्र्ट बप्टीस्ट चर्चबाट १४ जना यात्रु बोकेको चर्च बस चालक मात्रै रहेको पिकअप ट्रकसँग ठोक्किएर दुर्घटना भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । ।

टेक्सासको सार्वजनिक सुरक्षा विभागका प्रवक्ताले उक्त घटनामा परी गंभिर घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ भने त्यहाँको दुःखद् घटनाको बारेमा अध्ययन अनुसन्धान सुरु गरिसकेको सार्वजनिक सुरक्षा विभागले जनाएको छ । दुर्घटनाको ठोस कारण अहिलेसम्म पनि स्पष्ट हुन नसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।