Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

२१ महिना सम्म तलव पाएका छैनन् प्राध्यापक र कर्मचारीले

Thursday, March 2, 2017 National Power

१९ फागुन,बझाङ –बझाङ जिल्लाको शैक्षिक धरोहरका रुपमा परिचित जयपृथ्वी
बहुमखी क्याम्पसको अवस्था वर्षेनी खस्कदै गएको छ । यहाँ भएको चरम
राजनित र अस्तव्यस्त व्यवस्थापनले जनमानसमा क्याम्पसको पढाई ठिक छैन भन्ने
लागेपछि हाल विद्यार्थी भर्नादर घट्दै गएको हो । क्याम्पसमा आम्दानीको
स्रोत नहुदाँ यहाँ कार्यरत प्राध्यापक र कर्मचारीहरुलाई हाल तलव खुवाउनै
समस्या देखिएको छ ।
क्याम्पसको आय स्रोत नभएकाले २१ महिना सम्म पनि क्याम्पस प्रशासनले अध्यापन गराउने प्राध्यापक र कर्मचारीहरुलाई तलव दिन सकेको छैन ।
कक्षा एघार ,बाह्र देखी स्नातक र स्नाकोत्तर तह सम्मको पढाई हुने जयपृथ्वी
क्याम्पसमा भर्ना हुने तिन चार सय जना विद्यार्थीहरुवाट लिईने शुल्क र क्याम्पसले त्रिभुवन विश्व विद्यालय वाट पाउने ८ लाख ५० हजार अनुदान सहयोग मात्र यहाँको मुख्य आम्दानी हो । आम्दानी कम र खर्चबढी हुन थालेपछि यहाँ काम गर्न २० जना प्राध्यापक र १३ जना कर्मचारीहरुले २०७२ साल जेठ देखी हाल सम्म पारिश्रमक नपाएको अवस्था छ ।

क्याम्पसको आम्दानी कम हुने र आवस्यकता भन्दा बढी कर्मचारी र प्राध्यापक भर्ना गर्दै जाँदा आर्थिक भार भएर गतवर्ष देखी  तलव खानै नपाएको क्याम्पसका सहायक प्राध्यापक दिर्घराज पण्डितले गुनासो राखे ।
त्रिभुवन विश्वविद्यालयवाट २०३८ सालमा सम्वन्धन प्राप्त गरेको जयपृथ्वी बहुमुखी क्याम्पस आङ्गीक भने हाल सम्म हुन सकेको छैन ।
यसरी आम्दानी र खर्चको ख्यालै नगरी कर्मचारी र प्राध्यापक भर्नाले सिंगो
क्याम्पसको अवस्थानै खस्कदै गएको छ । क्याम्पस लाई सरकारले आड्गिक बनाए भने सवैको जागिर सुरक्षित हुन्छ भनेर अहिले कर्मचारी प्राध्यापक भर्ना गर्दा समस्या आएको पुर्व क्याम्पस प्रमुख केशवराज जोशीको भनाई छ । उनले भने सुदुर पश्चिमको सवै भन्दा पुरानो क्याम्पस जयपृथ्वी हो तर सरकारले यसलाई आड्गीक नबनाउदाँ समस्या आएको छ । बझाड् जिल्लावासीहरु जयपृथ्वी बहुमुखी क्याम्पसलाई आड्गीक क्याम्पस बनाउनका लागी पटक पटक माग गर्दै आएका थिए ।

२०७१ सालमा सिनेटले जयपृथ्वी बहुमुखी क्याम्पसका लागी ४२ जना दरबन्दी कायमगरि बजेट समते राखेको थियो । तर क्याम्पसलाई आड्गीक बनाउने काम सरकारवाटै ढिलाई भएको क्याम्पस प्रमुख महोनराज बजालले जानकारी दिए । क्याम्पसको वार्षिक आम्दानी ७०–७५ लाख हुने गरेको तर वार्षिक खर्च १ करोड २० लाख जती हुने गरेको हुदाँ आम्दानी कम र खर्च बढी भएकाले कर्मचारीलाई तलव दिन समस्या भएको उनले भने ।