Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

स्रष्टाहरुले औषधी किन्न पैसा खोज्न नपरोस्ः संगीतकार खड्का

Thursday, January 19, 2017 National Power

माघ ५, काठमाण्डौ । स्रष्टाहरुले भोलिका दिनमा हस्पिटलदेखि आर्यघाटसम्म लैजाने वा औषधीका लागि कसैसँग पैसा खोज्नु पर्ने दिन नआओस् भन्नकै लागि हामी रोयल्टीको आन्दोलनमा लागेका हौं, संगीतकार संघका महासचिव एवं संगीत रोयल्टी संकलन समाजका महासचिव महेश खड्काले बताए । युनिक विमोचन कार्यक्रममा शुभकामना मन्तव्य दिँदै खड्काले आफूले धेरै संगीत गरेका गीत डाउनलोड भए पनि रोयल्टी खाने अवसर नमिलेको बताउँदै भोलिका दिनमा कुनै पनि स्रष्टाले गीतसंगीतको उत्पादनपछि रोयल्टी बुझ्ने वातावरण मिलोस् भन्नकै लागि रोयल्टीको कामहरु भइरहेको बताए ।

unique
शान्ति इन्टरटेनमेन्टको आयोजनामा संगीतकार विकास चौधरीको एकल संगीत एवं सुनिल राईको एकल स्वरमा रहेको आधुनिक गीतिसंग्रह युनिकको सार्वजनिक कार्यक्रममा संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषको प्रमुख आतिथ्यता रहेको थियो । अनेसासका पूर्व अध्यक्ष एवं साहित्यकार ज्ञानेन्द्र गदाल, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन पण्डित, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, निर्देशक ओम प्रतीक लगायतको उपस्थितिमा युनिकको सार्वजनिक गरिएको थियो ।

sunil rai

सुनिल राई झापाका बासिन्दा हुन् । उनी झापामा रहेको ब्याण्ड, महोत्सवहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिँदै आएका थिए । राईले आफू सानैदेखि संगीत मन पराउने भएकै कारण यो क्षेत्रमा आएको बताएका थिए । मोफसलमा रहेर गीतसंगीतमा लागे पनि राजधानीमा भने यो उनको पहिलो एल्बम नै हो । उनको गायनको प्रशंसा गर्दै संगीतकार चौधरीले संगीतमा लगाव भएका राम्रो विद्यार्थी भएको कारण युनिक एल्बम तयार गर्न सफल भएको बताएका थिए ।

bikash chaudhary
कार्यक्रममा नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले आफ्नो साथीको छोरा सुनिल राई गायक भएको खुशी व्यक्त गरेका थिए । उनले अब हामी गीत मात्र गाउने होइन, त्यसबाट पाउनु पर्ने रोयल्टीका विषयमा पनि सजग हुन अनुरोध गरेका थिए । त्यस्तै संगीत कला पत्रकार संघका अध्यक्ष सुमन पण्डितले सुनिल राईको गीतले भोलिका दिनमा धेरै रोयल्टी संकलन गर्न सफल हुने बताउँदै आशालाग्दो प्रतिभा भएका राईले भोलिका दिनमा सबैको मन जित्ने विश्वास व्यक्त गरेका थिए । चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी, थारु सांस्कृतिक महासंघका अध्यक्ष लगायतका अतिथिहरुले सुनिल राईको सांगीतिक जीवनका लागि शुभकामना व्यक्त गरेका थिए ।

laxman shesh

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि लक्ष्मण शेषले पहिला गीतमा लगानी गरेर प्रतिफल नआए पनि अब भने गीतमा गरेको लगानीले प्रतिफल पाउने बताएका थिए । शेषले संगीतकारहरुले आर्थिक अभावमा उचार नपाएर ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै संघले कल्याण्कारी कोष संचालन गरेको र यसमा सबैका लागि ढोका खुला रहेको बताएका थिए । गायक सुनिलको सांगीतिक भविश्य उज्ज्वल रहेको बताउँदै अध्यक्ष शेषले सफलताको शुभकामना व्यक्त गरेका थिए ।

mahesh_ khadka
त्यस्तै कार्यक्रममा दाङकी नौ वर्षिया कलाकार याङ्शु श्रेष्ठले गीतकार लोकराज अधिकारीको बैंक खातामा ५ हजार सहयोग रकम पठाएर संगीतकार कल्याणकारी कोष बृद्धिमा सहयोग गरेकी थिइन् । उक्त रकम गीतकार अधिकारीले संगीतकार कल्याणकारी कोषका अध्यक्ष लक्ष्मण शेषलाई हस्तान्तरण गरिएको थियो ।

युनिकमा विकास चौधरीको एकल संगीत रहेको छ भने सुनिल राईको एकल स्वर रहेको छ । एल्बममा ह्याक भो, सक्छौ होला, चौबन्दी चोलीमा, मैले दिएँ माया, भुमौं, सपना देख्नु जस्ता ६ गीत समावेश गरिएको छ । जसमा हरि उप्रेती, सविना केसी, रोजी लावुङ राई, सागर मल्ल, जानु काङवाङ लिङ्देन र यादव पुडासैनीको शब्द रहेको छ । युनिक एल्बमलाई शान्ति इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको छ ।