Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

नेपाल चलचित्र संघको अध्यक्षमा प्रदिपकुमार उदय र्निविरोध

Wednesday, January 25, 2017 National Power

हेटौडामा सम्पन्न संघको ४४ औं वार्षिक साधारण सभाले उदयलाई अध्यक्षमा निर्विरोध चयन गरेका हो । यस्तै कार्यसमिति सदस्यहरुमा अशोक शर्मा, बीरेन्द्र नारायण श्रेष्ठ, मधुसुधन प्रधान, नरेन्द्र महर्जन, गोपाल कायस्थ चयन भएका छन् । त्यस्तै अर्जुन श्रेष्ठ, मदनमान बज्राचार्य, विक्रम पराजुली, कपिल द्धा, राजिककुमार शाह, निराज पोखरेल, नारायणप्रसाद आचार्य र ओम जैसी कार्यसमिती सदस्य छनौट भएका छन् ।

यस्तै संघको पूर्वाञ्चल क्षेत्र अन्तर्गत सभापतिमा चैतन्य बराल र सचिबमा परशुराम चौधरी चयन भएका छन् । बर्तमान अध्यक्ष नकिम उद्दिनले बैशाखदेखि प्रदीप कुमार उदयको नयाँ कार्यसमितिलाई कार्यभार सुम्पने जानकारी कार्यक्रममा गराए ।

संघको ४४ औं वाषिर्क साधारण सभाको उद्घाटन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली चलचित्र समय अनुसार परिवर्तन हुँदै जानु पर्ने बताए ।

२०४५ सालमा आफु तात्कालिन सञ्चारमन्त्री हुँदा वर्षमा एउटा नेपाली सिनेमा बन्ने गरेको अध्यक्ष थापाले बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले सिनेमा हल समय अनुसार सुधार हुन नसकेको भन्दै मोफसलका फिल्म हलमा नेपाली चलचित्र चल्न छाडेको बताए ।

चलचित्र संघका अध्यक्ष नकिम उद्दिनले नेपाली चलचित्र डिजटल प्रविधीमा गएपछि नेपाली फिल्मले ८० प्रतिसत भन्दा बढी नेपाली बजार ओगट्न सफल भएको धारणा राखे ।