Sunday 1st March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

दोषीउपर कानुनी कारबाही गरी पाऊँ :दीपक -दिपा

Sunday, January 22, 2017 National Power

माघ , २०७३ फिल्म ‘छक्का पञ्जा’ को अनलाइन पाइरेसी भएपछि उक्त घटनामा दोषी मानिएका कृष्ण सुवेदीले अनावश्यक मानसिक यातना सहन नसकी आत्महत्या गरेको प्रारम्भिक छानविनमा देखिएपछि शुरु भएको बिबादका कारण चलचित्र युनिट अहिले औपचारिक रुपमै घटनाको छानबिन होस् भन्नेमा लागेको छ ।

धम्की दिनेमा आफ्नो नाम मुछेर सामाजिक सञ्जालदेखि केही समाचारमा समेत आएपछि फिल्मका निर्मातासमेत रहेका अभिनेता दीपकराज गिरीले चलचित्रकी निर्देशक दिपाश्री निरौला र अन्य सहकर्मी सहित आफ्नो सामाजिक प्रतिष्ठा गिराउने काम भएको भन्दै सत्यतथ्य छानबिनका लागि गौशालास्थित प्रहरी परिसरमा शनिबार निवेदन दिएका छन् ।

छक्का पञ्जा’ पाइरेसीसम्बन्धी विषयलाई जोडी म र मेरो टिमको धम्कीको कारणले ज्यान गएको भन्ने आरोप लगाई पटकपटक विभिन्न स्थानहरूमा हाम्रो सामाजिक प्रतिष्ठा गिराउने काम भएकोले उक्त घटनाको सत्य तथ्य र निष्पक्ष छानबिन गरी दोषीउपर कानुनी कारबाही गरी पाऊँ’ निर्माता गिरीले लिखित निवेदनमा घटनाक्रम नबुझीकन हाम्रो टिमप्रति दुष्प्रचार भइरहेकाले त्यस्ता व्यक्ति तथा संस्थाहरूसमेतलाई आवश्यक छानविन गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् ।

निर्माता संघको पनि आग्रह
यसैबिचपाइरेसीजस्तो जघन्य अपराधलाई आत्महत्याको घटनाले ओझेलमा पारेको ठहर गर्दै चलचित्र निर्माता संघले त्यसको आवश्यक छानबिनका लागि सरोकारवालासमक्ष आग्रह गरेको छ ।

निर्माता संघले पत्रकार सम्मेलनमार्फत गिरीलाई विभिन्न अनलाइन तथा सामाजिक सञ्जालहरूमा चरित्र हत्या हुने गरी गरिएको अश्लील गालीगलौजप्रति स्तब्ध भएको जनाएको छ । संघका अध्यक्ष आकाश अधिकारीले पाइरेसी र आत्महत्या दुई अलग र भिन्न पाटो भएको जिकिर गर्दै आरोपरप्रत्यारोपले घटनाको सत्यतथ्य छानविनमा असर परेको तर्क गर्दै भने, ‘फिल्म पाइरेसी फौजदारी अपराधसँगै सृजनाको चोरी पनि हो । यसबाट कसैले पनि कानुनी उन्मुक्ति पाउनु हुँदैन ।’ संघले मुद्दाउपर प्रहरीले अनुसन्धान गरिरहेको संवेदनशील अवस्थामा संवेदनहीन भ्रामक र कपोलकल्पित आरोपले झनै मर्माहत बनाएको उल्लेख गरेको छ ।