Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

तेरियाले जितिन् झलक देखलाजाको यो सिजन

Friday, January 20, 2017 National Power

नेपाली तेरिया फौजा मगरले भारतीय सिनियर डान्स स्टारबीचको ठूलो प्रतिस्पर्धा उपाधि कब्जा गरेकी छिन् । रुपन्देही रुद्रपुरकी १४ वर्षे तेरियाले भारतीय टिभी कलर्सको ‘झलक दिखला जा’ को रियालीटी शो को उपाधि जीतेकी हुन् ।

फाइनलमा नृत्यसंगै एसएमएस भोटद्धारा विजेता छानिएको हो । एसएमएसमा सबै प्रतिश्पर्धीलाई पछि पार्दै उनी ट्रफीको हकदार बनेकी  तेरियाको औपचारिक जीतको घोषणा भने शनिबार राति १० बजेपछि कलर्स टिभिमार्फत गरिनेछ । तर, शुक्रबार अपरान्ह नै एसएमएस भोटको नतिजा निस्केको र आयोजकले उपाधि जीतेको औपचारिक जानाकारी आफुलाई गराएको मुम्मईमा रहेकी तेरियाले हजुरबुबा कृष्ण फौजामगरलाई फोनमार्फत जानाकारी दिएकी छिन् । जीतको खुसीसंगै समर्थक सबै नेपालीप्रति कृतज्ञता जनाएको पनि हजुरबुवाले जनाए ।

जीतसंगै तेरियाले  ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्राण्डको कार उपहार पाउने छिन् । सन् २०१४ को जी टिभिको ‘डिआइडीमा’ ४० हजार प्रतिश्पर्धीलाई पछाडि पारेकी तेरिया डिआइडी विजेताको तर्फबाट यसमा प्रवेश पाएकी हुन् । गत जुलाईमा प्रतियोगिता सुरु भएको थियो ।

फाइनलमा रहेका तीन जनामध्ये नृत्यमा तेरिया अगाडि थिइन् । गत शनिबारको एपिसोडमा पनि उनले निर्णायकको तर्फबाट ४० अंकमा ४० पाएकी थिइन् । ‘भोटमा समेत सबैलाई जितिन्’ हजुरबुवा कृष्णले भने, ‘नेपाली चेलीले यति ठूलो टर्फी उचाल्ने भइन् ।’ डिआइडी लिटिल मास्टर विजेता भएपछि तेरियाले नेपाली झण्डासहित देशविदेशमा आफ्नो नृत्य देखाएर देशको नाम राखेकी थिइन् । यसबाट प्रभावित स्वदेशी तथा विदेशमा रहेका नेपालीले ‘तेरिया जीताऔं अभियान’ सहित देशविदेशमा एसएमएस तथा इमेल भोट अभियान चलाएको थियो ।

-National Power News