Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

आई लभ यू भन्दै : कोमल वली

Friday, January 20, 2017 National Power

लोकप्रिय गायिका कोमल वलीले आफू अहिलेसम्म १६ वर्षकै भएको दाबी गरेकी छन् । अहिलेसम्म विहे भाको छैन, स्कुलको ड्रेस लगाएँ भने १४÷१५ को देखिन्छु, वैशको कुरै नगरौं, उमेर मेरो १६ वर्षको जस्तै देखिन्छ, अझै पनि रुपरङ्ग राम्रो छ भने म १६ वर्षकोभन्दा कमको छैन, गायिका वलीले उनीद्वारा स्वरबद्व एवं अभिनय गरिएको गीत आइलभ यू पिल्जको सार्वजनिक समारोहमा भनिन्– ‘मैले अभिनय गर्ने गरेको भिडियो हेर्नुभयो भने १६ वर्षभन्दा कम छैन बरु अरु फिका हुन्छन् ।’ कहिले पोइला जान पाप, कहिले शिवजीलाई लास्टैचोटी पुकारेको बताउने ओलीले अब भने फेरि १६ वर्षको भन्दै आइलभ यू भनेपछि राजनीतिको रङ्गमा उनको चातुर्यता देखिएको प्रष्ट हुन्छ ।
गायिका वली र गायक अशोक बरालको स्वरमा रहेको आइ लभ यू प्लिजको सार्वजनिक समारोहमा बोल्दै ओलीले आफूले अर्गानिक स्वर प्रदान गरेको बताएकी हुन् । उनी आफैं त अर्गानिक हुन् कि होइनन् भन्ने दर्शक र स्रोतामा कन्फ्यूज भइरहेको बेलामा उनको स्वरको प्रशंसा आफैंले गर्दा धेरैको हाँसोको फोहोरा नै फुटेको थियो । अशोक बरालको शब्द एवं लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीत आइ लभ यू प्लिजको सार्वजनिक पछि आफूले महेन्द्र गौतमसँग खेलेको भिडियोले १६ वर्षभन्दा कम नदेखिएको बताएकी थिइन् । कार्यक्रममा गायक बरालले आफूलाई गीतसंगीतमा लाग्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै गायिका वलीसँग गीत गाउनु सबैभन्दा भाग्यमानी भएको ठानेको बताएका थिए । आइ लभ यू प्लिजमा महेन्द्र गौतम र कोमल वलीको अभिनय देख्न पाइन्छ ।
त्यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले गायिका वली राजनीतिमा लागेपछि समयको निकै ख्याल गर्ने भएकाले कार्यक्रम ढिला भएको व्यंग्य गर्दै वलीको स्वरमा कसैले कसी लाउने ठाउँ नरहेको बताएका थिए । उनले गायिका वली सधैं जवानीमै देखिनुमा पनि अब कसैले शंका नगरे हुने भएको बताउँदै राजनीति होस् या सांगीतिक क्षेत्र वलीले एकछत्र बनाउने सक्ने बताएका थिए । कार्यक्रम अनामनगरस्थित विनायो क्याफेको हलमा सम्पन्न भएको थियो भने संचारकर्मी राधिका अधिकारीले कार्यक्रमको संचालन गरेकी थिइन् ।