Tuesday 16th January 2018

    कंगारु फेयर २०१८ हुँदै    नायक श्रीदेवले गाए आधुनिक गीत (हेर्नुस भिडियो)    कञ्चनपुरमा चक्कु प्रहार गरी हत्या    संगीत उद्योग संघको बन भोजकार्यक्रम सम्पन्न    कोरियामा ८१ जना नेपाली कामदारको मृत्यु, अनुसन्धानका लागि टोली जादैँ

खेलकुद

रियल मेड्रिड जित्दा बार्सिलोना बराबरीमा रोकियो, अंकतालिकामा मेड्रिड दोस्रो स्थानमा

२९ असोज, काठमाडौं –  क्रिष्टियानो रोनाल्डोको गोलसँगै रियल मड्रिडले गेटाफेलाई हराएको छ र स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । ग्यारेथ बेल विना मैदान उत्रिएको रियलले गेटाफेलाई २–१ गोल अन्तरले हराएको हो । गेटाफेको घरेलु मैदानमा भएको खेलमा रियलले ३९ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लियो । ५६ औं मिनेटमा मोलिनाले बराबरी गोल फर्काए

विश्व नम्बर एक नदाल सांघाई टेनिसको सेमिफाइनलमा

२८ असोज ,काठमाडौं –   विश्व नम्बर एक रफायल नदाल र दोस्रो वरियताका रोजर फेडेरर सांघाई टेनिसको सेमिफाइनलमा पुगेका छन् ।विश्व नम्बर एक स्पेनिस खेलाडी नदालले ग्रिगोर दिमित्रोभलाई ६–४, ६–७ र ६–४ को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन् । उनले अब फाइनलमा प्रवेशका लागि चौथो बरियताका मारिन सिलिकसँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै दोस्रो बरियताका

मेसीको जादुमयी प्रदर्शनमा अर्जेन्टिना विश्वकपमा स्थान बनाउन सफल

२५ असोज, क्वोटो- लिओनल मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाले इक्वेडरलाई हराएको छ र रुस विश्वकपमा छनोट भएको छ । बुधबार विहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा इक्वेडरले पहिलो मिनेटमा नै इब्राको गोलबाट अग्रता लिएको थियो । तर, अर्जेन्टिना खेलमा फर्कियो । १२ औं मिनेटमा बराबरी गोल गरेका मेस्सीले

फ्रान्स र पोर्चुगल विश्वकपमा लागि छानिए

२५ असोज,काठमाडौं  – युरोपेली समूहबाट फ्रान्स र पोर्चुगल विश्वकपमा लागि छानिएका छन् । मंगलबार राती भएको खेलमा स्विट्जरल्याण्डलाई २–० ले हराउँदै युरोपियन च्याम्पियन पोर्चुगल विश्वकपमा छानिएको हो । समूहमा दोस्रो भएको स्विट्जरल्याण्डले प्ले अफ् खेल्नेछ । यसैगरी बेलारुसलाई २–१ ले हराउँदै फ्रान्स पनि रुसमा अर्को वर्ष हुने विश्वकपमा लागि छनोट भएको छ । यो समुहमा

आईसल्याण्ड विश्वकपका लागि छनोट

२४ असोज,काठमाडौं –  आईसल्याण्ड र सर्विया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् । सोमबार राती भएको समुहको अन्तिम खेलमा कोसोभोलाई २(० ले हराउँदै आईसल्याण्ड विश्वकपमा छनौट हुने अहिलेसम्मकै सानो राष्ट्र बनेको छ । समुहबाट सिधै विश्वकपमा छनौट हुनेक्रममा आईसल्याण्डले विश्वकपका पुर्व सेमिफाईनलिष्टहरु क्रोएशिया र टर्कीलाई हराएको थियो । यो समुहमा दोस्रो

इजिप्ट विश्वकपका लागि छनोट: सलाह बने नायक

२३ असोज, काठमाडौं   – खेलको अन्तिम मिनेटमा मोहम्मद सलाहले गरेको पेनाल्टी गोलको मदतमा इजिप्टले कंगोलाई हराइको छ र २५ वर्षपछि विश्वकपमा स्थान बनाएको छ । आइतबार राति भएको खेलमा इजिप्टले कंगोमाथि २–१ गोल अन्तरको जित निकालेको हो ।घरेलु मैदानमा भएको खेलमा सलाह नायक बने । इजिप्टको जितमा दुबै गोल उनले गरे ।उनले ६३ औं मिनेटमा

राइनो संरक्षण गोल्डकप

२२ असोज,नवलपरासी –  मोफसलमा नै सर्वाधिक धनराशीको पुरस्कार भएको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आगामी कात्तिक १० गतेबाट नवलपरासीमा शुरु हुने भएको छ । प्रतियोगितामा आयोजकसहित देश भरका ‘ए’ डिभिजनका १२ समूहको सहभागिता रहने छ । नवलपरासीको कोल्हुवामा गैँडा संरक्षणका लागि हुने यो प्रतियोगिता कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । नन्द भाउजु उपभोक्ता समितिको आयोजनामा

नेपाल फेरी झ¥यो

३० भदौ, काठमाडौं –  फिफा वरियतामा नेपाल ६ स्थान तल झरेको छ । बिहीबार सार्वजनिक गरिएको बरियातामा नेपाल १७५औं स्थानमा पुगेको छ । एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल ताजकिस्तानसँग घरेलु मैदानमा २-१ ले पराजित भएपछि त्यसको असर विशव बरियतामा परेको हो । विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा छ भने ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, वेल्जियम, पोल्याण्ड,

आज एन्फाको बैठक बस्दै

३२ साउन, काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाको बैठक बुधबार बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको प्रवक्ता इन्द्रमान तुलाधरले जानकारी दिए । एन्फाको लापरवाहीका कारण एएफसी कप प्ले–अफमा थ्रीस्टार क्लबले खेल्न नपाएकोमा उसलाई क्षतिपूर्ति दिने र दोषी ठहरिएकालाई कारवाही गर्ने विषयमा विवाद भएपछि गएको साउन १२ गतेको बैठक स्थगित भएको थियो ।

बाह्रौँ क्वीक्स ग्रिनल्याण्ड अन्तर विद्यालय हुदै

नेशनल पावर न्यूज – टोखा न.पा.—८, थापासीमा अवस्थित ग्रिनल्याण्ड स्कुलको आयोजनामा बाह्रौ अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता यही श्रावण २७ गतेदेखि भाद्र ३ गतेसम्म सम्पन्न हुने कुरा एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । २०६२ सालदेखि शुरू भएको उक्त प्रतियोगिताको १२औँ संस्करणमा जुनियरतर्फ २४ विद्यालय र सिनियरतर्फ १६ विद्यालयको सहभागिता रहेको कुरा कार्यक्रम संयोजक तथा