Monday 21st April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

राष्ट्रिय क्योकुशिन–सेईसिन कराते प्रतियोगिता सम्पन्न

Tuesday, April 13, 2021 Devil Singh Rajput

भक्तपुर — चैत्र ३१, २०७७।

नेपाल क्योकुशिन–सेईसिन काईकान कराते संघको आयोजनामा दुई दिनसम्म सन्चालित “पाँचौ राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराते प्रतियोगिता–२०७७ सम्पन्न भएको छ । भक्तपुरको सुर्यबिनायक स्थित योयो पार्टी प्यालेसमा भएको कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री महेस बस्नेत र रास्ट्रिय खेलकुद परिसदका सदस्य सचिब रमेश सिलवालले पानसमा दियो बाली संयुक्त रुपमा उदघाटन गर्नु भयो ।

प्रमुख अतिथी पुर्व उद्योग मन्त्री तथा प्रतिनिधी सभाका सदस्य महेश बस्नेतद्वारा खल्ला तौल समूह, ५५ के.जी. तौल समुह तथा ५० के.जी. तौल समुहका बिजेता पुरुष खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गर्नु भएको थियो भने महिला तौल समुह, ४० के.जी. तौल समुह, ३५ के.जी. तौल समुहका बिजेता महिला खेलाडीहरु तथा ४५के.जी., ४०के.जी., ३५के.जी. तौल समुहका पुरुष खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र तथा नगद पुरस्कार अर्का प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव रमेश शिलवालद्धारा बितरण गर्नुको साथै मिस नेवाः नेपाल ११४१ का बिजेता कृषा महर्जन, शसस्त्र प्रहरी नायब उपरीक्षक समिक महर्जन तथा रोशन भोयद्योलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रमका सभापति तथा केन्द्रिय संघका अध्यक्ष, नेपाल ब्रान्चचिफ एवं विश्व क्योकुशिन काई करांतेका उपाध्यक्ष सिहान अशोक कुमार श्रेष्ठद्धारा प्रमुख अतिथीलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । त्यसैगरी अन्य प्रदेशबाट सहभागी खेलाडीहरुको हौसला प्रदान गर्न मिस नेवाः कृषा महर्जनद्धारा नेप्लिज फेशन होमको तर्फबाट स्टेशनरी तथा स्कुल ब्याग बितरण गरिएको थियो भने विशेष अतिथी भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष श्रीभक्त कासिछवाद्धारा कार्यक्रमका जुरी, निर्णायक तथा सहयोगकर्ता महानुभावहरुलाई मायाको चिनो तथा कदरपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रम संचालन मिस नेवाः नेपाल २०२१ का उपबिजेता प्रिया तण्डुकार तथा मिस नेवाः प्रजिता श्रेष्ठले गरेका थिए ।