Wednesday 24th September 2025

    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा    ‘जेनजी’को आन्दोलनका क्रममा मारिएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय    मलाई एकजना सचिवालयमा र चालक दिनुहोस् : अर्थमन्त्री खनाल

‘त्रिसुली माया’ सार्वजनिक – प्रल्हादका शब्दमा सुरजको मिठो स्वर

Wednesday, September 24, 2025 National Power

काठमाडौं – समकालीन लोक–दोहोरी गीतमा लक्षणा र गहिरा अभिव्यञ्जना प्रयोग गर्ने गीतकार तथा संगीतकार प्रल्हाद सुवेदीको नयाँ सिर्जना ‘त्रिसुली माया’ सार्वजनिक भएको छ।

गीतमा आधुनिक जनरामा स्थापित गायक सुरज श्रेष्ठले स्वर भरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रत्यक्ष प्रशारण गर्दै गायक श्रेष्ठले भने, “मेरा लागि यो अलिक फरक जनरा हो। तर, यो कम्पोजिसन मीठो लागेर स्वर दिन मन लाग्यो। आशा छ, सबैले माया र साथ दिनुहुनेछ।”

‘डुएट’ शैलीमा तयार पारिएको यस गीतमा श्रेष्ठसँगै गायिका दिपिका व्याम्बु मगरले पनि स्वर दिएकी छन्। रमेश सेञ्चुरीको एरेन्ज रहेको गीतको भिडियो आउटपुट सुरज श्रेष्ठकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।