Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

बनेपामा भलिबल प्रतियोगिता हुँदै

Sunday, October 18, 2020 National Power

काभ्रेपलान्चोक – नेपालिहरुको माहान पर्व विजया दशमी तथा शुभ दिपावलिको शुभकामना सहित देवी देउराली युवा क्लब बनेपा वडा नं ९ मगरगाउँ देउराली डाँडामा प्रथम मगरगाउँ पुरुष भलिबल कप संचालन गरिने भएको छ ।

अहिले विश्वभरि माहामारिको रुपमा फैलि रहेको कोरोना भाइरसको बाबजुद पनि यस युवा क्लबले सामाजिक दुरि कायम गर्दै दशै तिहारमा आफ्नै गाउँ घरमा मनोरञ्जन दिदै भलिबल प्रतियोगिता आयोजना गर्ने लागेको बताइएको छ ।

माहामारिको समयमा यस क्लबले सरकाले जारी गरेको सम्पूर्ण नीति नियम र स्वास्थ सामग्री तथा सामाजिक दुरि कायम गरि भलिबल प्रतियोगिता गर्ने पनि बताइएको छ ।

विजय दशमी २०७७ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा काभ्रे जिल्ला ब्यापी खुल्ला पुरुष आमन्त्रण भलिबल प्रतियोगिता २०७७ यहीँ कार्तिक ३ र ४ गते हुन लागेको हो । स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ यस युवा क्लब द्वारा निम्न समय स्थान मा भलिबल प्रतियोगिता आयोजना गरेको छ ।