Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

खेलकुद

इपिएल फुटबलमा रोमाञ्चक खेलः लिसेस्टरलाई धक्का l

एजेन्सी- यो सिजनको इंग्लिस प्रिमियर लिग फुटबलको अन्तिम रात निकै रोमाञ्चक भएको छ । लिभरपुल लिग विजेता भएपनि रेलिगेसनको दुई टोली र च्याम्पियन्स लिगमा स्थान बनाउने दुई टोलीको स्थान भने अन्तिम खेलबाट निर्णय भयो । म्यानचेस्टर युटाइटेड, चेल्सी र लिसेस्टर सिटी च्याम्पियन्स लिगको लागि स्थान बनाउन अन्तिम खेलसम्म भिडे । जसमा लिसेस्टरलाई झड्का लाग्यो ।

एटलान्टा र मिलानले अंक बाँडे

काठमाडौं –  इटालियन सिरी एमा दोस्रो स्थानको एटलान्टाले एसी मिलानसँग बराबरी खेलेको छ । मिलानका गोलकिपर जियानलुजी डोनारुम्बाले पेनाल्टी बचाएपछि एटलान्टाले बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मदानमा भएको खेलको १४औं मिनेटमा हाकन चालहानोग्ले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा एटलान्टाले बराबरीको मौका गुमायो । एटलान्टाका रुस्लान मालिनोभ्स्कीको पेनाल्टी प्रहार मिलानका

आईपीएल यसै वर्ष युएईमा हुने

काठमाडौं –  इण्डियन प्रिमियर लिग (आईपीएल) टी- २० क्रिकेट प्रतियोगिता यसै वर्ष हुने र लिगका खेलहरु युएईमा हुने भएको छ । आईपीएल गभर्निङ काउन्सिलका अध्यक्ष वृजेश पटेलले १३औं संस्करणको आईपीएल युएईमा हुने बताएको ईएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ । पटेलले बोर्डको अर्को मिटिङ बसेपछि यसबारे आधिकारिक निर्णय गरिने जनाएका छन् । उनले प्रतियोगिताको मिति भने

रियल म्याड्रिडले जित्यो ला लिगाको उपाधि

रियल म्याड्रिडले सिजनको स्पेनिस ला लिगाको उपाधि जितेको छ। बिहीबार राति भएको खेलमा भिल्लारियललाई २/१ गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो। रियलका लागि दुवै गोल करिम बेन्जिमाले गरेका थिए। फ्रेञ्च स्ट्राइकर बेञ्जिमाले खेलको २९ मिनेटमा पहिलो गोल गर्दा ७७ मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारे। भिल्लारियलका लागि इबोराले ८३ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।

म्यानचेस्टर युनाइटेडका पूर्वमिडफिल्डर फेलाइनीलाई कोरोना

काठमाडौं –  फुटबलर माराउने फेइलानीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । म्यानचेस्टर युनाइटेड र एभरटनका पूर्वमिडफिल्डर रहेका फेलाइनी कोरोना संक्रमित हुने चाइनिज सुपर लिगका पहिलो खेलाडी हुन् । ३२ वर्षीय बेल्जियन मिडफिल्डर फेलाइनीको परीक्षणको क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको जिनान प्रदेशको स्वास्थ्य विभागले जनाएको छ । फेलाइनी शुक्रबार मात्र चीनको जिनान पुगेका

कोरोनाको कारण तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पनि सर्‍यो

काठमाडौं – विश्वकै सर्वाधिक उचाइमा आयोजना हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पनि कोरोना भाइरसले गर्दा पछि सरेको छ । विश्वभर फैलिएको कोरोनाले गर्दा आयोजक हिमालय एक्सपीडीसन्सले १७ औं संस्करणको एभरेष्ट म्याराथन सर्ने जानकारी गराएको हो । यसअघि मे २९ मा हुँदै आएको म्याराथन यस वर्ष सेप्टेम्बरमा हुने भएको छ । आयोजकले सामाजिक संजाल फेसबुकमार्फत यस

स्पेनमा कोरोना भाइरसको संक्रमणबाट २१ वर्षीय फुटबल प्रशिक्षकको मृत्यु

म्याड्रिड — स्पेनको एउटा स्थानीय क्लबका फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोना भाइरस९कोभिड–१९० को संक्रमणबाट सोमबार मृत्यु भएको छ । मलागास्थित एट्लेटिको पार्ताडा अल्टामा युवा टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका गार्सियाको २१ वर्षको उमेरमा निधन भएको हो । पछिल्लो साता श्वासप्रश्वासमा समस्या आएपछि उनी जँचाउन अस्पताल जाँदा कोरोनाको संक्रमण पुष्टि भएको हो । उनी पहिलेदेखि नै

ओलम्पिक नसार्ने योजनामा जापान

काठमाडौं –  गत डिसेम्बरमा छिमेकी देश चीनबाट शुरु भएको कोरोना भाइरस संक्रमण अहिले युरोप हुँदै अमेरिकासम्म पुगिसकेको छ । कोरोना संक्रमणका कारण विश्वको राजनीतिक, आर्थिक, सामाजिकलगायत सबैजसो क्षेत्र प्रभावित भएको छ । खेलकुद क्षेत्र पनि यसबाट टाढा छैन ।यही वर्ष २०२० मा विश्वमा दुई वटा खेलकुद मेला हुँदैछन् । आउँदो जुलाइमा जापानमा ओलम्पिक खेलकुद र

मनाङले जित्यो आहा ! रारा गोल्डकपको उपाधि

१८औं आरा १ रारा गोल्डकप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४(३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि उचालेको हो । पोखरा रंगशालामा भएको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर टाइब्रेकरमा मनाङले बाजी मार्‍यो ।टाइब्रेकरमा पुलिसका भेला

कोरोना प्रभाव : एभरेस्ट प्रिमियर लिग स्थगित

कोरोनाको सम्भावित संक्रमणको रोकथामका लागि भन्दै सरकारले भीडभाडयुक्त ठाउँमा नजान र सभा सम्मेलन तथा खेल प्रतियोगिता स्थगित गर्न निर्देशन दिए अनुरुप यो प्रतियोगिता पनि रोकिएको हो । नयाँ खेल तालिका भने कोरोना संक्रमणको अवस्था हेरेर पछि मात्रै सार्वजनिक गरिने ईपीएलका प्रबन्ध निर्देशक अमिर अख्तरले जानकारी दिए ।