Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

आईपीएल : मुम्बईलाई ५ विकेटले हराउँदै चेन्नाईको शानदार सुरुवात

Sunday, September 20, 2020 National Power

काठमाडौं-  आईपीएल क्रिकेटको पहिलो म्याचमा चेन्नाई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराउँदै शानदार सुरुवात गरेको छ । अबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । १६३ रनको विजय लक्ष्य पछ्याएको चेन्नाईले १९-२ ओभरमा ५ विकेट गुमाउँदै १६६ रन बनायो र जित हासिल गर्यो ।

चेन्नाइको जितमा अम्बाती रायडुले ४८ बलमा ७१ र फाफ डु प्लेसिसले ४४ बलमा नटआउट ५८ रन बनाए । अम्बाती रायडु प्लेयर अफ दी म्याच भए । मुम्बई इन्डियन्सका सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाएका थिए । क्विन्टन डिककले ३३, किरोन पोलार्डले १८ र सूर्यकुमार यादवले १७ रन बनाएका थिए । कप्तान रोहित शर्मा २ चौकाको मद्दतमा १२ रन बनाएर आउट भए ।

चेन्नाईका लुंगी निग्डीले सर्वाधिक ३ विकेट लिए । रविन्द्र जडेजा र दीपक चहारले २–२ विकेट लिए ।

महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइको शुरुवात खराब थियो । शेन वाटसन पहिलो ओभरमै चार रन बनाएर आउट भएका थिए । यस्तै मुरली विजयले एक रन मात्रै जोडेर आउट हुँदा चेन्नाइको स्कोर दोस्रो ओभरमा ६ रनमात्र थियो ।

तर अम्बाती रायडु र डु प्लेसिसको साझेदारीले चेन्नाईलाई जित दिलायो । उनीहरुले १४ ओभरमा ११५ रनको साझेदारी गरे । यस क्रममा मुम्बईका जसप्रित बुमराह महँगा सावित भए । उनले चार ओभरमा ४३ रन दिएका थिए ।