Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ट्राफिक अपडेट

Thursday, March 29, 2018 National Power

१५ चैत,काठमाण्डौ फर्पिङ्ग हुदै संचालन हुने सवारी साधन यतिबेला प्रभावित भएका छन् । बिहान भएको सवारी दुर्घटनाको बिषयलाई लिएर स्थानियले सडक अवरुद्ध गरेका कारण सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको हो । यस बाहेक बिहानको पिक आवरमा बढेका सवारीका कारण उपत्यका स्थित कलंकी, एकान्तकुना, जडिबुटी, कोटेश्वर हुदै संचालन हुने सवारी साधन चापमा चलिरहेका छन् । त्यस्तै सोह््रखुट्टे, लैनचौर केशरमहल, लोप्सेचोक, थापाथली, माईतीघर, टेकु, कालीमाटी, बसपार्क हुदै संचालन हुने सवारी साधन पनि चापमै चलिरहेका छन् ।

फर्पिङ्ग हुदै संचालन हुने सवारी साधन यतिबेला प्रभावित भएका छन् । बिहान भएको सवारी दुर्घटनाको बिषयलाई लिएर स्थानियले सडक अवरुद्ध गरेका कारण सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको हो । यस बाहेक बिहानको पिक आवरमा बढेका सवारीका कारण उपत्यका स्थित कलंकी, एकान्तकुना, जडिबुटी, कोटेश्वर हुदै संचालन हुने सवारी साधन चापमा चलिरहेका छन् । त्यस्तै सोह््रखुट्टे, लैनचौर केशरमहल, लोप्सेचोक, थापाथली, माईतीघर, टेकु, कालीमाटी, बसपार्क हुदै संचालन हुने सवारी साधन पनि चापमै चलिरहेका छन् । सवारी साधनको चाप रहेको स्थानमा ट्राफिक व्यवस्थापनको कार्य भैरहेको छ । विभिन्न नाका प्रयोग गरि उपत्यका भित्रीने र बाहिरीने सवारी साधन भने सामान्य तवरलेनै संचालन भैरहेका छन् ।

काठमाडौँँको दक्षिणकाली नगरपालीका ३ भज्याङमा आज बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । मृत्यु हुनेमा दक्षीणकाली नगरपालीका ५ की मंजु बस्नेत र सोही ठाँउका २५ बर्षीय सुनिल श्रेष्ठ रहेका छन् । उनीहरुको उपचारको क्रममा बयोद्ध अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । आज विहान सवा ९ बजे दक्षिणकालीबाट पुरानो बसपार्क तर्फ आउदै गरेकोे बा १ ख ९९९९ नम्बरको बस अनियनत्रीत भई सडकमै पल्टिएको थियो । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने १ हजार ५ सय १६ जना सवारी चालकहरु हिजो उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीको कार्वाहीमा परेका छन् । जसमध्ये जथाभावी यात्रु चढाउने तथा ओराल्ने २४५ जना र लेन उल्लङ्घन गर्ने ११२ जना चालक रहेका छन् । त्यस्तै, जथाभावि सवारी पार्किङ गर्ने ७८ जना, मदिरा पिएर सवारी साधन चलाउने ६२ जना, अनावश्यक हर्न बजाउने ३५ जना र जेव्रा क्रसिङमै सवारी साधन रोकेर पैदलयात्रीलाई प्राथमिकता नदिने २३ जना चालकलाई पनि ट्राफिक प्रहरीले हिजो कार्वाही गरेको छ ।