Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

रसियाको सपिङ सेन्टरमा आगलागी : ३७ को मृत्यु, ४१ बालबालिकासहित ६४ बेपत्ता

Monday, March 26, 2018 National Power

१२ चैत,मस्को – साइबेरियाको कोइला खानी सहर केमेरोभोमा अवस्थित एक सपिङ सेन्टरमा भएको भिषण आगलागीमा परेर कम्तिमा ३७ जनाको मृत्यु भएको छ । सपिङ मलमा रहेका ४१ बालबालिकासहित ६४ जना अझै हराइरहेका छन् । आगलागीका कारण भवनको विभिन्न भाग भत्कने खतरा रहेको छ ।

विन्टर चेरी कम्प्लेक्सको माथिल्लो भागबाट आगलागी शुरु भएको बताइएको छ । धेरै मृत्तकहरु सिनेमा हलमा रहेका थिए । समाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा मानिसहरु आगलागीबाट बच्न ५० फुटमाथि हाम फालिरहेको देखिएको छ । स्थानीय अधिकारीका अनुसार उद्धारका लागि ६६० जना विपत् व्यवस्थापनका कर्मचारी खटाइएको छ । आगलागीको कारण अझै पत्ता लागेको छैन । यसबारे अनुसन्धान शुरु भइसकेको छ ।

राजधानी मस्कोबाट केमेरोभो ३६ सय किलोमिटर पूर्वमा रहेको छ । सिनेमा, हल, रेस्टुरेन्ट, साउना, बलिङ एले र चिडियाखानासमेत रहेको यो मल सन् २०१३ मा खुलेको थियो । स्थानीय समय अनुसार साँझ ५ बजे आगलागी शुरु भएको थियो । मृत्तक ३७ जना मध्ये धेरैको पहिचान गर्न अप्ठ्यारो रहेको छ । त्यसमा ९ जना बालबालिका रहेका छन् । दुईवटा सिनेमा हलको छत खसिसकेको छ भने तेस्रो तल्लामा रहेको एउटा सिनेमा हलमा अझै उद्धारकर्मीहरु पुग्न सकेका छैनन् । मृत्तकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।