Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बर्माको सडकमा नेपाली राजा-रानी !

Monday, March 26, 2018 National Power

१२ चैत,बर्मा – नेपालमा राजाको शासन अन्त्य भए पनि बर्मामा रहेका नेपालीहरुले भने नेपाली राजारानीलाई सम्झिँदै हरेक वर्ष यात्रा नै निकाल्ने गर्छन्। हिराखानी रहेको बर्माको मोगोक शहरमा नेपालीभाषीहरुले राजा-रानी पर्व मनाएका हुन्। दोस्रो विश्वयुद्धताका बर्मा पुगेका नेपालीहरुले हरेक वर्ष राजा-रानीको वेशभूषामा एक जोडीलाई सजाएर नेपाली पहिरनसहित सडकमा निकाल्ने गर्छन्। यस पटक नेपाली मूलका किसन खनाल र नुम न्यौपानेलाई राजा–रानी बनाएर मोगोक शहर घुमाइएको छ।

उनीहरुलाई ठ्याक्कै नेपाली राजारानीले लगाउने पोशाकमा सिँगारिएको थियो। यात्रामा सहभागी भएकाहरुले पुरुषले दौरा-सुरुवाल तथा महिलाहरुले सारी र चोलो लगाएका थिए। राजा-रानी यात्राको अवसरमा आदिकवि भानुभक्त आचार्यको स्वरुप पनि सहभागी गराइएको थियो।

मोगोक बर्मामा नेपाली मूलका मानिस बसेको दोस्रो ठूलो शहर हो। करिब ३२ हजार नेपाली जातिका बर्मेलीहरुको बसोबास रहेको यो शहरलाई नेपालीले चम्काएको हिराखानीको शहर भनिन्छ। सबैभन्दा धेरै नेपाली मूलका मानिस भने मेचिनामा बस्छन्, जसलाई सानो नेपालु भनिन्छ।

नेपाली धर्म, संस्कृति अवलम्बन गर्दै आएका मोगोक शहरका बर्मेली नेपालीहरुले नेपालमा मनाइने सबै चाडपर्व भव्य रुपमा मनाउने गर्छन्। उक्त शहरमा राजा–रानी यात्रासँगै राम नवमी पनि विशेष रुपमा मनाइएको छ। मेचिना र मोगोका साथै म्याउम्याउ शहरमा पनि रामनवमीको अवसरमा विशेष मेला लाग्छ।