Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

शान नेपालले जेष्ठनागरिकलाई भोजन गराउँदै आफ्नो विशेष भेला सम्मपन्न गर्यो

Monday, March 26, 2018 National Power

काठमाण्डौ  – सोसियल एक्सन नेटवर्क नेपालले काठमाण्डौको फर्पिङ्गमा अवस्थित जेष्ठ नागरिक नर्सिङ्ग स्याहार केन्द्रमा रहेका १० जना जेष्ठ नागरिकहरुलाई भोजन गराई शान नेपालले आफ्नो विशेष भेला सपन्न गरेको छ ।

उक्त भेलामा जेष्ठ नागरिकहरुका अनुभव र भोगाईका बारेमा सान नेपालका अध्यक्ष मैया वज्रचार्य एवं कार्य समितिका पदाधिकारीहरुले त्यहा रहेका जेष्ठ नागरिक संग छलफल गरेका थिए । यसरी बाहिरबाट आएका मान्छेहरु संग आफ्नो भोगाई र अनुभव सुनाउन पाउँदा त्यहा रहेका जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका थिए ।

सोही अवसरमा सान नेपालका महासचिव तथा वरिष्ठ गीतकार आनन्दरत्न बज्राचार्यले सान नेपालको गठन र महत्वबारे प्रकाश पारेका थिए । सान नेपालले जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरु तथा बालिबालिकाको क्षेत्रमा कार्य गर्ने पनि महासचिव बज्राचार्यले बताए ।

कार्यक्रमलाई रोचक, फरक र सृजनशील बनाउन कविता बाचन समेत गरिएको संस्था कि उपाध्यक्ष तथा कविता बाचन कार्यक्रम कि संयोजक कल्पना आचार्यले बताइन् । कविता बाचन कार्यक्रममा आनन्दरत्न बज्राचार्य, विमलप्रभा बज्राचार्य, विद्या बज्राचार्य, कल्पना आचार्य, पुरुषोत्तम सानु, रोशनी बज्राचार्य, हरिराम पौडेल लगायतले आफ्ना कविता, लघुकथा तथा अनुभूतिहरु वाचन गरेका थिए ।
काठमाण्डौमा गत फाल्गुन २८ गते भएको बंगलादेशको यु।एस। बंगला विमानको दुर्घटनाको सन्दर्भमा सर्जकहरुद्धारा रचिएका कविता तथा अनुभवहरु बाचन गरिदा सभाहल स्तव्ध भएको थियो भने त्यहा रहेका जेष्ठ नागरिकहरु समेत भावविह्ल भएका थिए ।

संस्था कि अध्यक्ष मैंया बज्राचार्यको सभापतित्वमा सम्पन्न भएको उक्त भेलामा संस्थाका कार्य समतिका पदाधिकारीहरु तथा सल्लाहकारहरुको उपस्थिति रहेको छ ।

  • पुरुषोत्तम सानु (अतिथि संचारकर्मी, नेशनल पावर न्यूज)