Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

विमान दुर्घटनामा काभ्रेली डाक्टर न्युरो सर्जन बालकृष्ण थापाको पनि निधन

Tuesday, March 13, 2018 National Power

२९ फागुन,काठमाण्डौ – युएस–बङ्ला एयरलाइन्सको विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन बालकृष्ण थापाको पनि निधन भएको छ । डा। थापा भरतपुरको चौबिसकोठीमा रहेको चितवन अस्पताल प्रालि तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत थिए । बंगलादेशमा भएको चिकित्सा सम्बन्धी सेमिनारमा भाग लिएर नेपाल फर्कने क्रममा उनको विमान दुर्घटनामा परी मृत्यु भएको हो ।

०२४ माघ १४ गते कुसादेवी–३, काभ्रेमा जन्मिएका थापाले कुशादेवी उच्चमाविबाट एसएलसी उत्तीर्ण गरेका थिए । डा। थापा चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका गोल्ड मेडलिस्ट डाक्टर हुन् । ०५१ सालमा एमबिबिएस उत्तीर्ण भएका उनले चिकित्सा क्षेत्रमा अध्ययनका क्रममा ३ पटक सम्म स्वर्ण पदक प्राप्त गरेका थिए । थापाले बंगलादेशको ढाकामा रहेको बंगबन्धु शेख मुजिब चिकित्सा विश्वविद्यालयबाट न्युरो सर्जरीमा एमडी गरेका थिए ।
डा। थापा थुप्रै देशमा पुगी विभिन्न शोध तथा अध्ययनमा सक्रिय थिए । न्युरो सर्जरीमा लामो समय योगदान गरेका कारण उनले देशविदेशका धेरै पुरस्कार र सम्मान पाइसकेका छन् । चिकित्सा पेशाका साथै साहित्यमा समेत सक्रिय थापाका ‘डाक्टरी कविता’ ९२०६१०, ‘डाक्टरका कविता’ ९२०६९० कवितासंग्रह र ‘चिरफार’ ९२०७०० निबन्धसंग्रह प्रकाशित छन् । यसका साथै उनले चिकित्सा क्षेत्रबारेको आफ्नो अध्ययन र शोधलाई समेटेर सन् २०१३ मा ‘न्युरो अंकोलोजी’ पुस्तक समेत निकालेको भनी सन्देश आचार्यल जानकरी दिनु भयो

अरबिन्द्र गौतम/ काभ्रे