Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

मन्त्री थापालाई बधाई तथा कार्यकालको शुभकामना

Tuesday, March 6, 2018 National Power

२२ फागुन ,काठमाण्डौ – महिला तथा बालबालिका मन्त्री थम माया थापाले समाज कल्याण परिषद् अन्तर्गत रहेका संस्थाहरु जेष्ठ नागरिक कोष अपाङ्ग कोष र स्वास्थ्य कोषको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा तिन ओटै कोषका पदाधिकारीहरुले मन्त्री थापालाई बधाई तथा कार्यकालको शुभकामना दिएका छन् । अवलोकनका क्रममा मन्त्री थापाले तिनओटै कोषका पदाधिकारीहरुलाई आ–आफ्नो जिम्मेवारी निस्वार्थ सेवा भावले गर्न निर्देशन दिनुभयो ।

राष्ट्रिय जेष्ठ नागरिक कोषमा उपस्थित तिन ओटै कोषका पदाधिकारीहरुलाई मन्त्री थापाले जेष्ठ नागरिक बालबालिका सबै समाजका अति संबेदनशिल समुदाय भएकोले यीनीहरुको संरक्षण र सम्बर्धनमा राज्य पक्षबाट हुने सम्पुर्ण सेवा सुविधाको लागि पहल गर्ने बताउनु भयो । कार्यक्रममा जेष्ठ नागरिक कोषका जेपी केरुङ, सदस्य सचिव स्वास्थ्य कोषका सदस्य सचिव सीता देवी महत र अपाङ्ग कोषका सदस्य सचिव यम मैनाली लगायतकाले कोषले एक वर्षको अवधिमा गरेको कामको विवरण प्रस्तुत गरेका थिए ।

साथै तिनओटै निकायका समस्या र अभावबारे पनि मन्त्री थापालाई जानकारी गराएका थिए । कार्यक्रममा जेष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले आफ्नो अमुल्य समय दिएकोमा मन्त्री गापालार्ई धन्यबाद दिएका थिए ।  सोहि अवसरमा पावर न्युज राष्ट्रिय मासिकका सम्पादक कमला जोशी,नेशनल पावर न्युज डट कम का राजन थापा, राजन खरेल र चलचित्र निर्देशक माधव राज खरेलले संयुक्त रुपमा कार्यकालको शुभकामना सहितको मायाको चिनो सँगै महिला अधिकारका विषयमा लेखिएको दुर्गामाण्डौ मन्त्री थापालाई प्रदान गरेका थिए । दुर्गामाण्डौ उपन्यास सुदुरपश्चिमको छाउ प्रथा बोक्सी प्रथा र एकल महिलाले भोग्नु पर्ने समस्याहरु समेटेर निर्देशक खरेलले लेखेका हुन् ।