Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ट्राफिक अपडेट

Monday, March 5, 2018 National Power

२१ फागुन, काठमाडौं –  ललितपुरको एकान्तकुना स्थित खड्का टोलको एक गाइगोठमा आज एक पुरुष मृत फेला परेका छन् । स्थानीय भाइराज खड्काको गोठमा आज बिहान साढे ८ बजे अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् । मृतकको सनाखत भने हुन सकेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी परिसर ललिपतपुरले जनाएको छ ।

सिराहाको मिर्चैया नगरपालिका २ मल हनियाखोलीको आँप बगैचामा पनि आज बिहान पौने १० बजे अन्दाजी ४२ वर्षीय पुरुष मृत भेटिएका छ । मृतकको सनाखत हुन बाँकी रहेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको सिराहा प्रहरीले जनाएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका ७ गेन्द्री खोलाको किनारमा आज एक महिला मृत्त अवस्थामा फेला परेकी छिन् । स्थानिय शिसौलीकी ४५ बर्षिया शन्त्ति कुमारी तामाङ मृत्त फेला परेको बताईको छ । आज बिहान साढे ९ बजे खोला किनारमा मृत्त फेला परेकी तामाङगको शव लाई पोष्टमार्टका लागि जिल्ला अस्पताल मोरङ पठाईएको छ । घटनाका सम्बन्धमा ईलाकामा प्रहरी कार्यालय उर्लाबारी मोरङले अनुसन्धान गरीरहेको छ । त्यस्तै बाराको बारागढि गाउपालिका ३ श्रीपुरा टोलमा एक जना मृत फेला परेका छन् । कलैया उपमहानगरपालिका २ घर भएका ६५ वर्षिय धिरज आचार्य आज दिउसो पौने २ बजे मृत फेला परेका हुन् ।

ललितपुरको लुभुमा खेतमा लडिरहेको अवस्थामा फेला परेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । स्थानिय ३६ वर्षिया कल्पना लिम्बुको मृत्यु भएको हो । आज दिउँसो १ बजे घर नजिकैको खेतमा लडिरहेकी लिम्बुलाई उपचारको लागि किष्ट अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रभाग लुभुले जनाएको छ ।

चितवनको खैरहनी नगरपालिका १० मा आज करेण्ट सर्ट भई आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका १० मा निमार्णाधीन अवस्थामा रहेको सडकमा बालुवा अनलोड गर्दा अचानक बिजुलीको तारमा टिप्परले छुन जाँदा आगालगी भएको थियो । आगलागीमा परि टिप्पर चालक साजन माझी जलेर गम्भिर घाईते भएका थिए । घाईते उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।