Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मधेशी माेर्चाद्वारा अान्दाेलनकाे घाेषणा

Monday, February 20, 2017 National Power

९ फागुन, काठमाडौं – सरकारले चुनाव घोषणा गरेलगतै मधेसी मोर्चाले दबावमुलक आन्दोलनको घोषणा गरेको छ । यद्यपि उसले संविधान संशोधन भएमा स्थानीय चुनावमा सहभागी हुनसक्ने संकेत दिएको छ ।

चुनाव घोषणाका लागि सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसिरहेका बेला मधेसी मोर्चाका नेताहरु केहीसमय मिटर पर तमलोपा कार्यालयमा आन्दोलनबारे छलफल गरिरहेका थिए ।

सरकारले चुनावको मिति घोषणा गरे लगतै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

मोर्चाले भोलि १० गते मसाल जुलस निकाल्ने र पर्सि ११ गते मधेस बन्द गर्ने घोषणा गरेको छ । १२ गतेदेखि १५ दिनसम्म गाउँ, नगर सदरमुकामहरुमा भण्डाफेर अभियान चलाउने निर्णय भएको रामसपा महासचिव केशव झाले बताए ।