Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Saturday, March 3, 2018 National Power

१९ फागुन,काठमाण्डौ – झापाको शिवसतासी ८ स्थित पश्चिम बस स्टेशन नजिकै हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुृनेमा शिवसतासी ११ की ५५ बर्षीय धनमाया राई रहेकी छिन् ।

हिजो बेलुकी साढे ७ बजे मे ४ प २९८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी राईको उपचारको लागी अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।