Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ट्राफिक अपडेट

Wednesday, February 21, 2018 National Power

९ फागुन,काठमाडौं – उपत्यका स्थित लैनचौर, सोह्रखुट्टे, कलंकी र कोटेश्वर सडक खण्डमा चल्ने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । यसबाहेक उपत्यकाका अन्य मुख्य चोकहरुमा भने सवारी साधन ट्राफिक ब्यबस्थापनका क्रममा केहि समय रोकीनुपर्ने अबस्था रहेको छ । बिशेषगरी थापाथली, त्रिपुरेश्वर, कालीमाटी, केशरमहल, जयनेपाल, पुतलीसडक, सिंहदरबार, नयाँबानेश्वर, लगायतका चोकमा सवारी साधन केहि समय रोकीनुपर्ने अबस्था रहेको हो । त्यस्तै सातदोबाटो, गौशाला, चावहिल, मित्रपार्क, नारायणगोपालचोक र बालाजुमा पनि सवारी साधन ट्राफिक ब्यवस्थापनका क्रममा केही सयम रोकिनु पर्ने छ ।

काठमाडौंको तिलङगेटार स्थित वि।पि स्मृती अस्पताल अगाडी सडकमा आज बिहान जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बा१०च ७४ ८१ नम्बरको जिपको ठक्करबाट नुवाकोट घर भई हाल तिलङगेटार बस्ने ४५ बर्षीया सुष्मा तामाङको मृत्यु भएको हो । बिहान साढे ७ बजे, जिपको ठक्करबाट गम्भिर घाईते भएकी उनको उपचारको क्रममा कान्तिपुर डेन्टल अस्पतालमा बिहान साढे १० बजे, मृत्यु भएको प्रहरी प्रभाग तिलङगेटारले जनाएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।