Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

Wednesday, February 21, 2018 National Power

९ फागुन, काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्दुकको प्रयोग गर्ने पाउने कानुनमा कडाई गर्न निर्देशन दिएका छन् । खासगरी बम्प–स्टक ९ अर्धस्वचालित राइफलबाट एकै मिनेटमा सयौं राउन्ड गोली चलाउन मिल्ने उपकरण०को प्रयोगमा प्रतिवन्ध लगाउनुपर्ने ट्रम्पको भनाइ छ । ह्वाइटहाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले त्यससम्बन्धी कानुन बनाउन कानुन मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी गराए । बम्प–स्टक उपकरण प्रयोग गरेपछि अर्धस्वचालित राइफलबाट समेत मेसिनगनकै रफ्तारमा गोली चलाउन सकिन्छ ।

उक्त उपकरण अमेरिकामा करिब एक सय डलरमा खरिद गर्न सकिन्छ । सो उपकरण प्रयोग गरेर एक बन्दुकधारीले गत वर्ष लासभेगासमा ५८ जनाको ज्यान लिएका थिए । हालै एक विद्यालयमा पनि बन्दुकधारीले आक्रमण गर्दा १७ जनाको मृत्यु भएको थियो । स्कुले विद्यार्थी गोलीको निशाना बनेपछि अमेरिकामा बन्दुक राख्न दिने कि नदिने भन्ने विषयमा बहस सिर्जना भएको छ । रिपब्लिकन राष्ट्रपति ट्रम्पका अनुसार उनले विद्यालयको सुरक्षालाई उच्च प्राथमिकता दिएका छन् ।