Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु,९ जना घाइते

Monday, February 19, 2018 National Power

७ फागुन, काठमाडौं – रोल्पाको लुंग्रि गाउँपालिका -४ ठुलो नाम्जामा आज ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानिय ४८ बर्षिय नरेन्द्र रोक्का र सोही स्थानका १२ बर्षिय दिपेन्द्र विष्ठ रहेका छन् ।

आज दिउँसो सवार ३ बजे लु २ त ७९३० नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको हो । अन्य घाइतेहरुको स्वास्थ्य चौकी सुलीचौर रोल्पामा उपचार भइरहेको छ । चालक फरार रहेकाले खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।