Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ट्राफिक अपडेट

Sunday, February 18, 2018 National Power

 महोत्तरीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
५ फागुन,  काठमाण्डौ
महोत्तरीको पिपरा गाउँपालिका ६ रतौलीमा गएराति साढे ९ बजे ज १ त ६६३७ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृतकको सनाखत हुन नसकेको महोत्तरी प्रहरीले जनाएको छ । चालक, सोही ट्याक्टरले च्यापिएको अवस्थामा मृत फेला परेका थिए ।

हेटौंडामा ट्याक्टरको ठक्करबाट २ जनाको मृत्यु
मकवानपुरको हेटौंडा उपमहानगरपालीका ११ सरस्वती खोला नजिकै हिजो बेलुकी पौने ८ बजे ना ३ त ६०२७ नम्बरको ट्याक्टरले ना ४७ प ३८२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक नवलपरासी सुनौली नगरपालीका ८ का २६ बर्षिय प्रेम बहादुर क्षेत्री र पछाडी सवार अन्दाजी २२ बर्षिया युवतीको उपचारको क्रममा चुरेहिल अस्पताल हेटौंडामा मृत्यु भएको हो । मृतक युवतीको भने सनाखत हुन बाँकी रहेको छ । दुर्घटना पश्चात् फरार रहेका ट्याक्टर चालकको खोजी भैरहेको प्रहरी चौकी लेवर्ट मकवानपुरले जनाएको छ ।

 

#ktmtraffic