Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

खै तिमी कस्ती आमा

Thursday, February 15, 2018 National Power

खै तिमी कस्ती आमा।।।।।।
मेरी आमा त रातको कति पहर अनिद बसी
हाम्रो लागी धेरै कठिन यात्रा वाट गुजरिन
तर आज अतित र तिमी लाई सम्झदाँ कता कता मन दुखेर आउछ



विहानको पहर त्यो तराईको रापमा
छोरा लाई लु वाट वचाउन गरेका उपाय
अनि खाजा का परिकार सम्झीदा खै किन वचपनको याद आउछ
तर आज अतित र तिमी लाई सम्झदाँ कता कता मन दुखेर आउछ  खै तिमी कस्ती आमा।।।।।।



स्कुलको समय छुटेर घर समयमा नपुग्दा हामी
हस्याड। र पस्याड। गर्दै हाम्रो खोजीमा हिडेकी ति आमाको धेरै याद आउछ
तर आज ति याद कल्पना गर्दा र तिमीलाई दाँज्दा खै किन मन दुखेर आउछ खै तिमी कस्ती आमा।।।।।।



परिवार माया प्रेम सिकाएकी मेरी आमाले छोडेर गए पनि
अतित ताजा अझै लाग्छ तर तिमी लाई सिकाउन सकिन मैले
त्यसैले तिमीलाई सम्झदा मन र मुटु दुखेर आउछ खै तिमी कस्ती आमा।।।।।।



जन्म दिदै मा आफुलाई महान सम्झीन्छौ भने तिमी 
त्यो तिम्रो भुल हो ति सन्तान पनि तिम्रा भोली टाढा हुन सक्छन
माया देउन प्रेम देउन उनी लाई अनि मात्र तिमी एक महान आमा बन्न सक्छौ
मेरी आमा जस्तै मेरी आमा जस्तै मेरी आमा जस्तै तर तिमी त खै कस्ती आमा।।।।।

 

-नबु सत्याल