Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

आजको ट्राफिक अपडेट

Thursday, February 15, 2018 National Power

३ फागुन, काठमाडौं  – कोटेश्वर–जडिबुटी र सुविधानगरमा यतिबेला सवारी साधन चापमा चलिरहेका छन् । सवारी साधनको संख्या बढेका कारण कोटेश्वर–जडिबुटीमा सवारी साधन चापमा चलिरहेका हुन् । त्यस्तै बागमती पुल भत्केका कारण सवारी साधनलाई आलोपालो चलाउदा सुविधानगरमा पनि सवारी चाप रहेको हो । साथै कलंकी, एकान्तकुना, गौशाला, मित्रपार्क, चावहिल, पुरानो बानेश्वर, केशरमहल, लैनचौर, लोत्सेचोक, नक्साल, थापाथली, कालीमाटी र टेकु हुदै चल्ने सवारी साधन पनि चापमै चलिरहेका ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

चितवनको रत्ननगर नगरपालीका १ मा आज बिहान अटो रिक्साको ठक्करबाट मोटरसाईकलमा सवार दम्पती गम्भिर घाईते भएका छन् । २२ बर्षीय विजय भण्डारी र उनकी २० बर्षीया श्रीमती ईन्दीरा घाईते भएका हुन् । घाईते दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । आज बिहान पौने ६ बजे, नम्बर नखुलेको रिक्साले भण्डारी दम्पती सवार ना५१प ६१६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । दुर्घटना पश्चात फरार अटो सहित चालकको खोजी भैरहेको इलाका प्रहरी कार्यालय टाँडी चितवनले जनाएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ४ हिरापानीमा आज मोटरसाईकल जिपमा ठोकिदा एक जना घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकल चालक सिन्धुली सुनकोशी गाँउपालिका ७ का २५ वर्षिय दोर्जे स्याङवा रहेका छन् । उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भईरहेको छ । काठमाडौबाट विराटनगर तर्फ जादै गरेको बा १ झ ९९ ११ नम्बरको जिपमा, बा ९१ प २५ ८० नम्बरको मोटरसाईकल बिहान सवा १० बजे ठोकिएको हो ।

मकवानपुरको मनहरी गाँउपालीका ७ तल्लो सिविरमा आज ट्रकको ठक्करबाट ठेला चालक घाईते भएका छन् । ना ६ ख ९१ ५१ नम्बरको ट्रकको ठक्करबाट घाईते भएका ठेला चालक स्थानिय ५५ बर्षीय राम बहादुर पुरीलाई उपचारको लागी भरतपुर तर्फ पठाइएको छ । चितवनबाट ट्रक हेटौडा तर्फ आउदै गर्दा आज बिहान ७ बजे, सो दुर्घटना भएको हो । ट्रक सहित चालकलाई ईलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको भंगाहा नगरपालीका ८ पडहरियामा आज ट्याक्टर अनियन्त्रीत भई पल्टीदा ट्याक्टरमा सवार बाबु–छोरा घाईते भएका छन् । ट्याक्टर चालक २१ बर्षीय असरफ नदाफ र उनका ४५ बर्षीय बुबा नजमुदिन नदाफ घाईते भएका हुन् । घाईते दुवैलाई उपचारको लागी जनकपुर तर्फ पठाइएको छ । आज बिहान सवा ८ बजे, ज १ त ३९ ९१ नम्बरको ट्याक्टर अनियन्त्रीत भई पल्टेको ईलाका प्रहरी कार्यालय लोहारपट्टीले जनाएको छ ।