Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

पोख्रेलीमाझ गुञ्जिईन रश्मी

Monday, February 12, 2018 National Power

पोखरा – आफूलाई साहित्यकाका विविध आयाममा सक्रिय बनाउदै आएकी साहित्यकार, गजलकार एवं मुक्तककार रश्मि रोदनले पोखरा तताएकी छिन् ।

मुक्तक मञ्च पोखराको आयोजनामा पोखराको न्यूरोडमा सम्पन्न कार्यक्रममा करिव दुई दर्जन मुक्तक सुनाउदै रश्मि रोदनले पोखरा तताएकी हुन् । विशिष्ट अतिथिको रुपमा पोखरा पुगेकी रश्मिले प्रेम सप्ताहको यस अवसरमा अधिकांश मुक्तक प्रेमिल सुनाएकी थिइन् भने सामाजीक एवं सौन्दर्य – प्रेमका मुक्तक उनले वाचन गरेकी थिइन् । रिडर्स क्लबको भरिभराउन हलमा खचाखच दर्शकले ‘वान्समोर१ र ताली वजाएको बजाऐ गरेका थिए ।

तिम्रो नयन सजाउने काजल हुन मन छ ...........।

प्यारको वर्षा गराउने बादल हुन मन छ............ ।

डुब्न देउ न सानु तिम्रो जादुमय वदनमा........... ।

हराउदै तिम्रो यादमा पागल हुन मन छ ...........।

यी र यस्तै मुक्तक मार्फत पोखरेली श्रोताहरुको मन जित्न सफल भएकी रश्मिले आफ्नै परिचय समेत मुक्तकबाट दिएकी थिइन् । पोखराको सौन्दर्यलाई समेत मुक्तकमा उतारेकी रश्मि सँगै स्याङ्जाका एस पी असफलले पनि मुक्तक विशेष रुपमा सुनाएका थिए ।

साथै फुटकर रुपमा पोखराका विभिन्न मुक्तककारहरुले मुक्तकहरु सुनाएका थिए । मुक्तक मञ्च पोखराको ११७ औं श्रृङ्खलामा प्रान्जलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।