Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

नेपालले भोलि आयोजक नामिबियाको सामना गर्दै

Wednesday, February 7, 2018 National Power

२४ माघ,काठमाण्डौ – भोलिदेखि नामिबियामा सुरू हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा सहभागी हुन नामिबिया पुगेको नेपाली क्रिकेट टिमले कडा अभ्यास गरिरहेको छ।

नामिबिया पुगेपछि नेपाली क्रिकेट टिमले सोमबार र मंगलबार जमेर अभ्यास गरेको नेपाली टिमका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । नेपाली टिमलाई मुख्य प्रशिक्षक जगत टमाटा र भारतीय प्रशिक्षक सुलक्षण कुलकर्नीले प्रशिक्षण गराईरहेका छन्। मंगलबार नेपाली टिमले वन्डरर्स क्रिकेट क्लब मैदानमा ब्याटिंङ तथा फिल्डिङको अभ्यास गर्‍यो।

प्रतियोगिताको पहिलो खेलमा नेपालले भोलि बिहिबार नेपाली समय अनुसा दिउँसो १: १५ बजे आयोजक नामिबियाको सामना गर्दैछ। दोस्रो खेल शुक्रबार ओमानसँग, तेस्रो खेल आइतबार युएईसँग, चौथो खेल सोमबार केन्यासँग तथा लिगको अन्तिम खेल बुधबार क्यानडासँग खेल्ने कार्यक्रम छ।

डिभिजन(२ को उत्कृष्ट(२ भित्र पर्नेसके नेपाल सन् २०१९ को विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछ।