Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

असहज सुकुल मै…….

Monday, February 5, 2018 National Power

लखतरान भइ गलेका पाउहरुमा
 दिनभरको यात्रा गुट्मुट्याउँदै
 अर्थ बिहिन सपना च्यापेर
 परालको सुकुल तान्दै पुर्लुक्क पल्टिएँ म

मेरा दृस्ठि केही घन्टाका लागि
 बिदा बसेका बेला – अर्ध चेत मन
 होस या बेहोस कसरी तय गरुँ म
 शान्त तन भित्र सुस्तरि सल्बलाउछन्

कोहि छेउमा आएर बोल्दै छ
 ए. उठ हिड्ने बेला भयो तेरो
 प्रश्न गर्छु म – कहाँ रु बाटोमा ‘
 अनि तपाईं रु म – बाटो ।।१

ओह डराए म , हात गोडा गले फेरि
 सम्झे ती कठिन बाटाहरु
 हिड्दा हिड्दा पाकेका मेरा पाइताला
 तलि च्यात्तिएका थोत्रा जुत्ता भित्र

बिचरो – विवश बाटो
 कोहि सज्जन कोहि चोर फठाहा
 अनि पापी , धर्माति. दुखि हुँदो हो मन
 कु बिचारक लाई साथ दिदा अनि प्रफुल्ल
 सु बिचारक लाई गन्तव्यसम्म पुर्याउन पाउँदा

कसरी परिभाषित गरुँ म जिन्दगीलाई
 दुई अक्षरले छुट्याइएका दुई पाटाहरु को।।
 सुबिचार (कुबिचार।।ले ल्याएको उतारचढाव
 भित्र रुमल्ली रहने विचित्रको कहानी

ए. उठ् अल्छी नगर् कठिन छ यात्रा
 संसारलाई बुझ्न छ अरुलाई चिन्न छ
 जगत जानेर पुग्न छ गन्तव्यमा तैंले
 तर्क बितर्क बाटाका – अवस्था संग
तर.
 म कहाँ ‘ अपाहिज निकम्मा ।।
 संसारका अनुभुतिलाइ हृदयका एेनाबाट हेर्दै
 संवेगात्मक अनगिन्ती दृश्यहरु
 आँखा भएर पनि नदेख्ने कान भएर पनि नसुन्ने
 अनि मुख भएर पनि नबोल्ने

आफ्नै जीवन रक्षाका निम्ति समेत मौन यी मन
 कत्तिले चाहे।।म तरुनी नै भइ रहुँ सधैं
 नितम्वमा भरिएको सार्हो मासु
 वेलन झैँ पुक्क फुलेका वक्षस्थल

कड्वा तेलमा पकाएको मालपुवा झैँ पुटुक्क गाला
 टलक्क टल्किने प्रमाणपत्र नचाहिने बैँस बोकेर
 अर्धचेत म घुमिरहुँ वरपर – ईर्ष्या , दोष
 र दुर्भावना , दुर्गन्धित सहरहरु मा

अज्ञानता र चरम् गरिबीका बिच पनि
 रासायनिक मलमा सर्लक्क मौलाएको तोरि झैँ
 मेरो अल्लारे यौवन बार बार बिमोचन हुन्छ बजारमा
 २४० बर्षे राजतन्त्र झैँ ढलेनन् खै तामसिहरु पृथ्वीमा

मनका तालि भित्र धमिलो चित्र कोरिएकि म
 अनि मेरा जिउँदै सपना आज फेरि
 हावामा धुवाँ बिलिन भए जस्तै
 नजानिदो गरि बिस्तारै बिस्तारै हराउँदै छ

आ.
 शन्यू बाताबरणको सत्य ब्यथामा
 तीखो चिच्याहट् गुन्जयमान्
 दौडदै आइ पुग्छन् मेरा दुई नयन
 बिउँझिदा म उहि असहज सुकुल मै

बिमला कार्की
 धरान .१७
 सुनसरी – नेपाल