Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

इरानमा सलमान बने सर्वोत्कृष्ट अभिनेता

Tuesday, January 23, 2018 National Power

यस वर्ष ‘ट्यूबलाईट’बाट असफलता र ‘टाइगर जिन्दा है’बाट सफलताको खेपेका सलमान खानले २०१६ मा रिलिज भएको ‘सुल्तान’बाट अन्तराष्ट्रिय स्तरमा अझै सफलता बटुलिरहेका छन्। ‘सुल्तान’ले इरानमा भएको तेहरान अन्तराष्ट्रिय स्पोर्टस फिल्म फेस्टिवल’मा मुख्य विधामा कब्जा जमाएको छ।

फेस्टिवलमा सलमान सर्वोत्कृष्ट अभिनेता भए भने अनुष्का सर्वोत्कृष्ट भइन। त्यस्तै अलि अब्बास जफर सर्वोत्कृष्ट निर्देशक भए। ‘सुल्तान’ एक अधवैशे कुस्तीवाजको कथामा आधारित थियो। वक्सअफिसमा फिल्म ५६० करोड भारूको कमाइ गर्न सफल भएको थियो।