Saturday 4th May 2024

    गायिका भट्टराई को दियो कलश सार्वजनिक    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन

रियल म्याड्रिड र बार्सिलोनालाई पछि पार्दै म्यानचेस्टर युनाइटेड बन्यो सर्वाधिक कमाउने क्लब

Tuesday, January 23, 2018 National Power

९  माघ,काठमाडौं -म्यान्चेस्टर युनाइटेड युरोपका चर्चित फुटबल लिगमा गत सिजन सबैभन्दा धेरै कमाउने क्लब बनेको छ। डिलोइट्टी मनि लिगले सार्वजनिक गरेको रिपोर्ट अनुसार इङलिश प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले स्पेनिस महारथी टिम रियल म्याड्रिड र बार्सिलोनालाई पछि पार्दै धेरै कमाई गर्ने टिम बनेको हो ।

गत सिजनमा म्यानचेस्टर युनाइटेडले ५८१ मिलियन पाउण्ड कमाई गरेको छ भने स्पेनिस क्लब रियल म्याड्रिडले ५७९ मिलियन पाउण्ड कमाइ गरेको छ। त्यस्तै गत सिजनमा बार्सिलोनाले ५५७ मिलियन पाउण्ड कमै गर्दै तेस्रो स्थानमा रहेको छ। २०१५(१६ सिजनमा दोस्रो स्थानमा रहेको बार्सिलोना गत सिजनमा तेस्रो स्थानामा झरेको छ ।

त्यस्तै जर्मनी क्लब बायर्न म्युनिख ५०५ मिलियन पाउण्ड कमाई गर्दै चौथो स्थानमा रहेको छ । सूचीको पाचौ स्थानमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी छ । सिटीले ४५३ मिलियन पाउण्ड कमाइ गरेको छ। त्यस्तै छैठौ स्थानमा आर्सनल रहेको छ । आर्सनलले ४१९ मिलियन पाउण्ड कमाई गरेको छ । फ्रान्सको पिएसजी सातौ स्थानमा रहदै ४१७ मिलियन पाउण्ड कमाई गरेको छ भने चेल्सीले ३६७ मिलियन पाउण्ड कमाई गर्दै आठौ स्थानमा रहेको छ ।

सूचीको नवौ स्थानमा लिभरपुल छ। लिभरपुलले ३६४ मिलियन पाउण्ड कमाइ गरेको छ भने दशौ स्थानमा इटालियन क्लब युभेन्टस रहेको छ । युभेन्टसले ३४८ मिलियन पाउण्ड कमाई गरेको छ । गत सिजनमा धेरै कमाई गर्ने क्लबको सूचिमा टप १० मा ५ क्लब प्रिमियर लिगबाट रहेका छन् भने स्पेनबाट दुई, जर्मनी, फ्रान्स र इटालीबाट एक एक क्लब रहेका छन्।