Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

राष्ट्रियसभा निर्वाचन माघ २४ गते

Friday, January 5, 2018 National Power

२१ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति तोकेको हो ।

आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो । यद्यपि एमाले र माओवादीको वाम गठबन्धनले त्यसअघि नै चुनाव गर्नु पर्ने माग गर्दै आएका थिए ।

५९ सदस्यीय राष्ट्रियसभाका ५६ जना (प्रत्येक प्रदेशबाट ८/८ जना) प्रदेशहरुबाट चुनिनेछन् । तीन जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुनेछन् । यद्यपि मतभार भने फरक फरक हुनेछ ।

निर्वाचन आयोगले प्रत्येक प्रदेशमा मतदान गराउने तयारी गरेको छ । निर्वाचन एकल संक्रमणीय र बहुमतीय दुबै प्रक्रियाबाट हुनेछन् । खुला सदस्य र महिला गरी ४२ जना एकल संक्रमणीयबाट चुनिनेछन् भने दलित र अपाङ्ग तथा अल्पसंख्यक १४ जना बहुमतीयबाट चयन हुनेछन् ।