Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

हो आज मलाई नदी नाला झरना तालमा…………

Sunday, December 31, 2017 National Power

१६ पुस,काठमाण्डौ

हो आज मलाई नदी नाला झरना तालमा
 रमन मन लागेको छ .....
 किन कि नयाँ बर्ष आगनीको डिलमा आइ
 पुगेको छ
 देशले मुहार फेरीन्छ कि भन्ने आशमा बसेका
 मेरा बाबा आमा
 उनीहरुको अनुहारमा समेत खुशी छाएको छ

हो आज मलाई नदी नाला झरना तालमा
 रमन मन लागेको छ......

साँच्चै भन्या हो मैले खुशीका पल हराएको
 बर्षौ बर्ष भयो
 तर आज किन एका एक मुहारमा मुस्कान
 छाएको छ
 पिढीमा आई पुगेको नयाँ बर्षले
 मेरो मात्रै होईन देशको मुहारै फेर्न चाहेको छ
 मुहारै फेर्न चाहेको छ

हो आज मलाई नदी नाला झरना तालमा
 रमन मन लागेको छ.......

सधै विदेशी माटोमा रहेर काम गर्ने दाजु
 भाई दिदि बहिनीको हृदय विदारक कथा सुन्दा
 सुन्दा थाकेका कानले
 अब नयाँ विहानी सँगै मिठा मिठा सपना कोर्न
 सक्ने खबर सुन्न पाउने
 आश राखेको छ
 हो आज भलाई......

नयाँ बर्षले सबैको जिवनमा उमंग ल्याओस
 शुभ कामना शुम कामना शुभ कामना

कवि नबु सत्याल ( नवराज सत्याल)