Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

दुइ चरणमा स्थानीय तहकाे निर्वाचन गर्न अायाेगकाे अाग्रह

Wednesday, February 15, 2017 National Power

४ फागुन, काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सरकारलाई आग्रह गरेको छ । अाज प्रधानमन्त्री पुष्पकमल दाहल संग भएकाे भेटमा निर्वाचन अायाेगका प्रमख अयाेधिप्रसाद यादवले साे प्रस्ताव गरेका हुन् । बालुवाटारमा भएको भेटमा प्रचण्डले केही दिनमा नै मिति घोषणा गर्ने तयारी तयारी तीव्र पार्न भनेका छन् ।

प्रमुख आयुक्त यादवले भने आयोगले कम्तिमा पनि दुई चरणमा निर्वाचन गर्ने गरी तयारी थालेको भन्दै त्यसअनुसार नै मिति घोषणा गर्न सुझाव दिए । छोटो समयमा चुनाव गर्नुपर्ने र स्थानीय तह पूर्ण कार्यान्वयनमा नआइसकेको अवस्थामा कम्तिमा पनि दुई चरणमा मतदान गर्नुपर्ने बताए ।

स्रोतका अनुसार निर्वाचन आयोगले सरकार सामु आगामी जेठ १ र २१ गतेको मिति प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड केही दिनमा नै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारीमा छन् । प्रमुख तीन दलबीच भएका पछिल्ला छलफलहरुमा जेठमा चुनाव गर्ने गरी ७ वा ८ गतेभित्र मिति घोषणा गर्ने सहमति भएको छ ।

तर, मधेसी मोर्चाले संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने अडान लिँदै आएको छ ।

सरकारले मोर्चाको माग सम्बोधनका लागि भन्दै संविधान संशोधन विधेयक संसदमा दर्ता पनि गरेको छ । तर, एमालेका साथै सत्तारुढ राप्रपाले समेत विरोध गरेका कारण दुई तिहाई नपुग्ने भएपछि विधेयक अघि बढेको छैन ।