Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

प्रत्यक्षमा वाम गठबन्धनको दुईतिहाइ

Wednesday, December 13, 2017 National Power

२७ मंसिर, काठमाण्डौ  –  वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षमा दुई तिहाइ सिटमा जित हात पारेको छ । एमालेको ८० र माओवादीको ३६ सहित वाम गठबन्धनमा सामेल भएका राष्ट्रिय जनमोर्चाको १ र राप्रपाको १ समेत गरी ११८ सिट पुगेको छ । तेस्रो स्थानमा रहेको कांग्रेस २२ सिटमा सीमित छ । राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरमले १० सिट जितेका छन् ।

प्रदेशसभातर्फको प्रत्यक्षमा १ सिटको मात्र गणना बाँकी हुँदा एमालेले १६६, माओवादीकेन्द्रले ७३, कांग्रेसले ४४ र अन्यले ४६ स्थानमा जित हात पारेका छन् ।