Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

“कन्या भ्रुण हत्या किन : कवि नवु सत्याल

Saturday, November 18, 2017 National Power

केहि महिना पालेर मार्छौ भन्ने थाहा पाए आमा
आउदैन थिए तिम्रो कोखमा
आँखा नउघार्दै किन मार्यौ आमा
यहि छ तिमीमा मेरो प्रश्न

के मातृवासल्य माया पाउन
सक्दिन आमा छोरीको जुनीले
दिई कोखैमा मृत्यु मलाई
के नै हासिल गर्यौ र आमा तिमी ले

“हत्या”को शव्द किन भिर्यौ आमा
के त्यहि हो तिम्रो चिनारी
म पनि त तिम्रै सन्तान हुन सक्थे
किन बुझ्न सकिनौ आमा एक फेरी

आशुका धारा त के बगे होलान्
एक छिन का पिडाले
आन्नद नै पायौ होला नी
आमा मलाई झिकेर फाल्नाले

कस्तो हृदय कस्तो चित्त
आखिर तिमी पनि त कसै की छोरी थियौ
झिकेर आफनो आत्माको टुकडा
के नै हासिल गर्यौ र आमा भन एक फेर

तिमीले केहि दिनु थिएन आमा कर्म त मैले लिईनै आउथे
संसार लाई चिनाई एक दिन तिम्रो शिर ठाडो बनाउने थिए
तर किन चुडाई आफु माझ हटाई किन मेरो भाग्य खोस्यौं
के छोरी हुनु अपराध थियो र आमा रु तिमीले मलाई नजन्मदै मार्यौ र ?

के यहि हो माया रु तिमीले सन्तानलाई गर्ने
के म तिम्रो सन्तान थिईन र रु
किन आज यो बाटो रोज्यौ हे आमा
तिमीलाई छ जुनी जुनी सम्मै यो प्रश्न
आखिर “कन्या भ्रुण हत्या किन र ?”