Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

विद्यालयको लागि जापानमा २२ लाख आर्थिक संकलन

Sunday, October 29, 2017 National Power

१२ कात्तिक,गुल्मी – बाग्लुङ्गको एक विद्यालयको लागि जापानमा रहेका नेपालीहरुले २२ लाख भन्दा बढिको आर्थिक सहयोग संकलन गरेका छन ।गल्कोट नगरपालिका वडा नंं.८ काँडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि जापानको विभिन्न शहरमा रहेका यस क्षेत्रका व्यक्तिहरुले २२ लाख, ५८ हजार,४ सय ४४ रुपैया रकम संकलन गरेको विद्यालयका शिक्षक सोमलाल सापकोटाले जानकारी दिए ।

विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु हाल जापानका विभिन्न ठाँउहरुमा रोजगारीको शिलशिलामा कार्यारत छन् । यस क्षेत्रका झण्डै १ दर्जन भन्दा बढि नेपालीहरुबाट बोल र नगद सहयोग रकम प्राप्त भएको शिक्षक सापकोटाले बताए ।

२०१४ सालमा स्थापना भएको विद्यालयले आफ्नो ६० बर्ष प्रवेश गरेको अवसरमा आँउदो माघ महिनाको १० देखि १४ सम्म विद्यालयले हिरक महोत्सव मनाउन गइरहेको छ । हिरक महोत्सवलाई लक्षित गदै विद्यालयले हाल जापानका विभिन्न स्थानहरुमा आर्थिक संकलन अभियानलाई समेत अगाडी बढाइरहेको विद्यालयका शिक्षक सोमलाल सापकोटाले जानकारी दिए ।