Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बालमैत्री जिल्ला घोषणा तयारी

Saturday, October 28, 2017 National Power

११ कात्तिक,नवलपरासी  – दोस्रो बालिका सम्मेलन शुक्रबारदेखि यहाँ शुरु भएको छ । सम्मेलनमा बालबालिकाको क्षेत्रमा सरोकार राख्ने विभिन्न निकायका प्रतिनिधिले बालिकाको अधिकार सुनिश्चितताका लागि घरपरिवार, समाजसँगै सञ्चारमाध्यमले पनि सशक्त भूमिका खेल्न आवश्यक रहेको औँल्याए । अझै पनि नेपाली समाजमा बालक र बालिकाबीच विभेद रहेकाले विभेद अन्त्य गर्नका लागि परिणाममुखी काम गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । नवलपरासीमा अझै पनि धेरै किशोरीको बालविवाह हुने गरेकाले बालविवाह अन्त्य गर्नका लागि सशक्त कदम चाल्न आवश्यक रहेको सहभागीले बताएका थिए ।

कार्यक्रममा चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदीले ग्रामीण क्षेत्रमा अझै पनि बालक र बालिकाबीच शिक्षा र श्रममा विभेद हुने गरेको पाएकाले त्यसलाई निराकरण गर्नु आवश्यक रहेको बताउनुभयो । बालिकाको संरक्षणका लागि सञ्चारमाध्यमको भूमिकाका बारेमा पत्रकार केबी रानाले सहजीकरण गर्नुभएको थियो । सम्मेलनमा नवलपरासीका १५ स्थानीय तहका १३ देखि १९ वर्ष उमेर समूहका १०० किशोरीको सहभागिता रहेको आयोजक संस्था जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले बताउनुभयो ।

सम्मेलनमा नवलपरासीमा बालिकाको अवस्था, बालिकाले भोग्ने समस्या र समाधानका उपायका बारेमा छ समूहमा छलफल भएको छ । सम्मेलनमा विशेष गरेर किशोरीको समस्या पहिचान गरी ती समस्या समाधान गर्नका लागि घोषणापत्र जारी गरिने आयोजकले जनाएको छ । बालमैत्री जिल्ला निर्माणका लागि गर्न सकिने योजनाबारे सम्मेलनमा छलफल गरिने छ ।