Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बझाङमा जिप दुर्घटना १० जना घाइते, ४ को अवस्था चिन्ताजनक

Thursday, October 26, 2017 National Power

९   कात्तिक,बझाङ  – बझाङको सदरमुकाम चैनपुरबाट बागथलाका लागि छुटेको से १ ज ८६१ नम्बरको जिप केदारस्युँ गाउँपालिका–१ मा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

घाइते मध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते हुनेमा केदारस्युँ गाउँपालिका–१ का ३८ वर्षीय पशुपति मल्ल, ३६ वर्षीय ईश्वर मल्ल, केदारस्युँ गाउँपालिका–२ का २८ वर्षीय कुमार ओखेडा र रायल १ का २८ वर्षीया जमुना बोहरा रहेका छन् ।
अन्य घाइतेहरुको अवस्था सामान्य रहेको छ । घाइते सबैको उपचार रायल स्वास्थ्य चौकीमा भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।