Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

दिपक मनाङ्गेलाई उम्मेदवार बनाएको विषयमा एमाले नेतृत्व अनभिज्ञ, स्थायी समितिमा छलफल गरिने

Thursday, October 26, 2017 National Power

९ कात्तिक, काठमाण्डौ –  नेकपा एमालेका नेता भीम रावलले दिपक मनाङ्गेलाई टिकट नदिइएको दाबी गरेका छन् । नेता रावलले बाहिर जे समाचार आएको छ, त्यस विषयमा पार्टीभित्र छलफल गरिने बताए ।

“मैले विहान समाचार सुनेँ । त्यो जिल्लामा के भएको हो भनेर छलफल गछौँ ।” रावलले भने ।
मनाङको प्रदेश क्षेत्र २ का एमाले उम्मेदवार खण्डा लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि एमालेले मनाङ्गेलाई नै उम्मेदवार बनाएको पुष्टी भइसकेको छ । तर रावलले भने त्यसको बचाउ गर्दै मनाङ्गेलाई टिकट नदिइएको दाबी गरेका हुन् ।

एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङेलाई सघाउने भन्दै एमाले उम्मेदवार खण्डा लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् ।
जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेलाई सर्वत्र विरोध भएपछि एमालेले मनाङ्गेको नाम काटेको थियो । तर, मनाङका जनताले आफूलाई जिताउने भन्दै दीपकले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । यद्यपी एमालेका आधिकारिक उम्मेदवारले स्वतन्त्र उम्मेदवार मनाङेलाई सघाउने भएपछि एमालेको रणनीति खुलस्त भएको छ ।

“मैले त्यो बुझ्नुपर्छ । दिपक मनाङ्गेको बारेमा जुन प्रसङ्ग आएको थियो, त्यो हुन सक्दैन भनेर स्थायी कमिटीले प्रष्ट शब्दमा भनेको छ ।” रावलले भने । खण्डा र दीपक नातामा दिदीभाइ हुन् । यो सँगै मनाङको प्रदेश क्षेत्र नं २ बाट काँग्रेस उम्मेदवार कर्मा गुरूङ र मनाङेबीच प्रतिस्पर्धा हुने भएको छ ।