Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

इङ्लिस लिग कप, चेल्सीद्धारा एभर्टन पराजित

Thursday, October 26, 2017 National Power

९ कात्तिक,काठमाडौं  – इङ्लिस लिग कप फुटबलअन्तर्गत बुधबार राती भएको खेलमा चेल्सीले एभर्टनलाई हराएको छ । चेल्सीको मैदानमा भएको चौथो चरणको खेलमा घरेलु टोलीलाई २र१ ले विजयी गराउन एन्टोनियो रुडिगर र विलियनले एक–एक गोल गरे ।

एभर्टनका काल्भर्ट लेविनले खेलको अन्तिम मिनेटमा एक गोल फर्काए । लिग कपअन्तर्गतकै अर्को खेमला टोटनह्याम हट्सपर भने पराजित भएको छ ।टोटनह्यामलाई लण्डन शहरकै प्रतिद्वन्द्वी वेष्ट ह्याम युनाईटेडले ३र२ ले हराएको हो । खेलमा टोटनह्यामका सिसोको र डेले अलीले सुरुवाती दुई गोल गरे । तर वेष्ट ह्यामका आन्द्रे आयुले दुई तथा ओग्बोनाले एक गोल गरेपछि टोली विजयी भएको हो ।