Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

डेंगुका कारण कसैको मृत्यु भएको छैन: जनस्वास्थ्य कार्यालय

Tuesday, October 24, 2017 National Power

७ कार्तिक, झापा – झापामा हालसम्म डेंगुका कारण कसैको मृत्यु नभएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । डेंगुका कारण मृत्यु भएको भनिएको बिर्तामोड नगरपालिका–४ विर्ताबजारका ४० वर्षीय उमेश साहको अन्य कारणबाटै मृत्यु भएको उक्त कार्यालयका स्रोत व्यक्ति कुलबहादुर पौडेलले जानकारी दिए । । “साहको अन्य कारणबाट मृत्यु भएको हो”, उहाँले भन्नुभयो, “हामी अनुसन्धान गर्दैछौँ ।”

मृतक साहले छाती पोलेको भन्दै उपचारका लागि आइतबार बिर्तामोडस्थित बिर्ता हेल्थ क्लिनिकमा आएको क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले बताए। “जाँचपछि ग्यास्ट्रिक भएको पाइयो”, उनले भने, “क्लिनिकमा गरेको उपचारले स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि बिएण्डसी लैजान भनेका थियौँ ।”

थप उपचारका लागि अस्पतालमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको मेहेताले बताउनुभयो । “क्लिनिकबाट डेंगुका कारण मृत्यु भएको भनेका छैनौँ”, उनले भने ।
असोजको पहिलो सातादेखि जिल्लाका विभिन्न क्षेत्रमा डेंगुको संक्रमण देखा परेको छ । त्यसमध्ये सबैभन्दा बढी बिर्तामोड क्षेत्रमा डेंगु रोगी भेटिएको उक्तकार्यालयले जनाएको छ ।

त्यस्तै, दमक, कनकाई, अर्जुनधारा, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा समेत डेंगु देखापरेको छ । हालसम्म झापामा ८१ जनामा डेंगु संक्रमण देखिएको स्रोत व्यक्ति पौडेलले बताए । बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फेर्ता गर्न आग्रह