Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

विधान विपरित जाने चार जनालाई निष्कासन

Thursday, October 19, 2017 National Power

२ कार्तिक, काठमाण्डौ –  नेकपा मालेको स्थयी कमिटिको बैठकले पार्टिको विधान विपरित जाने चार जनालाई निष्कासन पार्टिबाट गरेको छ ।नेकपा मालेका महासचिव सिपि मैनालीको अध्यषतामा बसेको उक्त बैठकले गुट–फुटपरस्त कृयाकलापमा सकृय पार्टीका ४ जना लाई अनुशासनको कार्यवाही मार्फत् पार्टीबाट निष्काशन गरिएको जनाएको छ ।

निष्कासनमा पर्नेमा पार्टीका पोलिटब्युरो सदस्यहरु नीलमणि बराल, अइन्द्रसुन्दर नेम्वाङ्ग, वैकल्पिक पोलिटब्युरो सदस्य रोहित के.सी. र जे.पी. केरुङ्ग रहेका छन् । उहाँहरु ले पार्टीको एकता विपरित गुटबन्दी र फुटपरस्त गतिविधिलाई निरंतरता दिंदै आएको तथा पार्टी नेतृत्वसंग भएको सम्वादमा त्यस्ता गतिविधि तत्काल रोक्ने भनीए पनि उनीहरु गुटबन्दी र फुटपरस्तका कामहरुमा सकृय रहेको पाईएकोले निष्कासन गर्नुपरेको महासचिव द्धारा हस्ताक्ष्रित विज्ञप्तिमा भनिएको छ ।