Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

मन्त्री नहटाउन भन्दै ओलीले देउवालाई ज्ञापनपत्र बुझाउने

Tuesday, October 10, 2017 National Power

२४ असोज,काठमाडौं–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएका छन् ।

 

सरकारले चुनाव सार्ने खेल गरेको भन्दै त्यसो गरिए कुनैपनि हालतमा मान्य नहुने भन्दै उनीहरुले प्रधानमन्त्री देउवालाई भेटेरै ज्ञापनपत्र बुझाउने भएका हुन् । हालैमात्र एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच चुनावी तालमेल र वाम गठबन्धन बनाउने निर्णय भएसँगै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउने तयारी गरेपछि कतै यही कारणले चुनाव तोकिएकै मितिमा नहुने त होईन भन्ने ओली–प्रचण्डमा चिन्ता रहेको छ ।

सोही अनुरुप प्रधानमन्त्री देउवालाई दबाब दिनको लागि उनीहरुले आज वा भोलिभित्रै सरकार पूर्नगठन वा मन्त्रीहरु बर्खास्त गर्ने गलत काममा नलाग्न चेतावनी नै दिएका छन् ।

एमाले उपाध्यक्ष भीम रावलले पत्रकार ऋषि धमलासँग कुरा गर्दै ओली र प्रचण्डले आज र भोलिभित्रै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउने जानकारी दिए । उनले भनेका छन्,‘चुनाव सार्ने खेल भयो भने मुलुकमा अर्को अनिष्ट हुन्छ, यस्तो गल्ती कांग्रेसले गर्नुहुँदैन्।’

नेता रावलले तोकिएकै मितिमा चुनाव हुनैपर्छ भनेर आफ्नो पार्टीका अध्यक्षले प्रधानमन्त्री देउवालाई भेटेरै यसबारेमा दबाब दिन लागेको समेत स्पष्ट पारे । उनले भने,‘चुनवा सार्नु भनेको अहिलेसम्मको उपलब्धिलाई सिध्याउनु हो, त्यसैले हामी सचेत छौं।’